५३ युनिट रगत संकलन

पोखरा ।
लायन्स क्बव अफ पोखरा बिरौटा साझा चौतारीको आयोजनामा भएको रक्तदानमा ५३ युनिट रगत संकलन भएको छ । शनिबार भएको रक्तदान ब्लड डोनेसन डिपार्टमेन्ट चिफ ठाकुरप्रसाद अधिकारीले सुरुआत गरेका थिए ।
उनले रक्तदानको महत्वबारे प्रकाश पार्दै विरौटा साझा चौतारीले उल्लेखनीय काम गरेको जनाए । कार्यक्रममा रक्तसञ्चार केन्द्र प्रमुख महेन्द्र जिसी, डिर्पाटमेन्ट चिफ दुर्गाकुमारी आचार्य, डिर्पामेन्ट चिफ सीता पहारी, सिनियर एड्भाइजर रजनी कोइराला, एड्भाइजर सावित्रा पौडेल, जिएमटी कोर्डिनेटर रेखादेवी पोखरेल, रिजन चेयर पर्सन भोजराज बराल, जोन चेयर पर्सन गीता पराजुली, सदा शिवजी हरिहर मन्दिरका अध्यक्ष नगेन्द्र शर्मा, क्लबकी सचिव अमृता अधिकारी लगायतले बोलेका थिए ।
क्लबका अध्यक्ष लक्ष्मी बराल आचार्यको अध्यक्षतामा कार्यक्रम भएको हो । क्षेत्रीय रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा कार्यक्रम भएको हो ।
तपाईको प्रतिक्रिया