युनिटी महिला समूहमा नृत्य प्रशिक्षण

पोखरा ।
युनिटी महिला समूह पोखरा १४ मझेरीपाटनको आयोजनामा नृत्य प्रशिक्षण सम्पन्न भएको छ । असार २१ गतेबाट १ महिना चलेको प्रशिक्षणमा प्रशिक्षक विशाल गुरुङ थिए ।
प्रशिक्षणमा समूहका २० जना महिलाको सहभागिता थियो । समापन समारोहमा पोखरा महानगरपालिका वडा नम्बर १४ का अध्यक्ष कार्यक्रममा प्रमुख अतिथि बोधबहादुर कार्कीले यस्ता खालका गतिविधिले टोलमा एकता कायम गर्ने बताए ।
तालिममा ममता कँडेल, शारदा केसी, तारा गुरुङ सुस्मिता राना, कविता अधिकारी, बिन्दु खनाल, अप्सरा पौडेल, ममता लम्साल, पूर्णकला थापा, कोपिला थापा, रीता गुरुङ, इन्द्रमाया परियार, लक्ष्मी थापा सुनीता भण्डारी, गीता अधिकारी, कुमारी गुरुङ, रीता सुवेदी, स्मृति गुरुङ र वर्षा थापाले भाग लिएका थिए ।
समापनमा तालिममा सहभागीलाई प्रमाणपत्र तथा टोलका सदस्यका एसइइ उतिर्ण छोराछोरीलाई सम्मान गरिएको थियो । एसइईमा उत्तीर्ण सदस्यका छोराछोरीहरु अनुशा कार्की, सहिल थापा, विद्या थापा, राजु राईलाई सम्मान गरिएको थियो ।
समूहका अध्यक्ष लक्ष्मी लामिछाने अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा १४ का वडा सदस्य तनुजा थापा वडा सदस्य गोपालप्रसाद सापकोटा वडासचिव रामचन्द्र पौडेल, युनिटी टोल विकास संस्था अध्यक्ष तेजिन्द्रबहादुर कँडेल, सदस्य रीता गुरुङ, सुबदार खिमबहादुर गुरुङ लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया