सृष्टि र परमात्मा

बाबुराम थापा २०८० साउन २५ गते १२:०५

नियत कर्म, मन र इन्द्रियहरुको एक निर्धारित अन्तःक्रिया हो । जब कर्मको यही स्वरुप हो भने बाहिर मन्दिर, मस्जिद, चर्च बनाएर देवी–देवताको मूर्ती या प्रतीक पुज्नु कहाँसम्म संगत हो ? नेपालको हिन्दू समाजवस्तुतः सनातन धर्मीको समाज हो । हाम्रा पूर्वजले परमसत्यको शोध गरेर देश विदेशमा यसको प्रचार गरे । यस मार्गमा हिँड्ने विश्वमा जहाँ सुकै भए पनि सनातन धर्मी हुन् । यति गौरवशाली हिन्दू समाज कामनाद्वारा विवश भएर विभिन्न भ्रन्तिमा पर्न गए ।

Advertisement


श्रीकृष्ण भन्नुहुन्छ–अर्जुन ! देवताहरुको स्थानमा देवता नामको कुनै शक्ति छैन । जहाँ पनि मनुष्यको श्रद्धा झुक्छ, उसको प्रथनमा खडा भएर म नै फल दिन्छु, उसको श्रद्धालाई पुष्टि गर्दछु किन कि म नै सर्वत्र छु तर उसको यो पूजा अविधिपूर्वक छ । उसको यो फल नाशवान छ । कामनाहरुद्वारा जसको ज्ञान अपहरण भएको छ । यी मुढबुद्धि नै अन्य देवतालाई पुज्दछन् । सात्विक मनुष्य देवतालाई पुज्दछन्, राजाशी यक्ष र राक्षसहरुलाई पुज्छन् तथा तामसी भूत–प्रेतलाई पुज्छन् । घोर तप गर्दछन् तर अर्जुन ! यी शरीरमा स्थित भूत समुदाय र अन्तस्कणमा स्थित मलाई पुज्दछन् । उनीहरुलाई निश्चय नै तिमी असुरी स्वभावबाट संयुक्त जान ।


यो भन्दा बढी श्रीकृष्णले के भन्ने ? उहाँले स्पष्ट भन्नुभयो–अर्जुन ! ईश्वर सबै प्राणीको हृदयमा रहनुहुन्छ, बाहिर हैन । फेरि पनि मानिसहरु पत्थर, पानी, मन्दिर, मस्जिद, देवी, देवताको पछि लागि रहन्छन् । उनीहरुको साथ श्रीकृष्णको एक प्रतिमा बढाउँछन् । श्रीकृष्णकै साधनामा जोड दिनुहुने तथा जीवनभर मुर्ती पूजाको खण्डन गर्नुहुने बुद्धको पनि मुर्ति उनका अनुयायीले बनाए र पूजा गर्न लागे (दीप देखाउन) । जब कि बुद्धले भन्नुभएको थियो–आनन्द ! तथागतका शरीर पूजामा समय नष्ट नगर ।

आफ्नो आदर्शका उपदेशलाई हृदयगंमन गरी त्यसतर्फ हिड्ने प्रेरणा ग्रहण गर्नका लागि नै स्मारक बनेका हुन्


मन्दिर, मस्जिद, चर्च, तीर्थ, मूर्तिहरु तथा स्मारकद्वारा पूर्ववर्ती महापुरुषहरुको स्मृति यादस्थ हुन्छ, जसबाट यिनीहरुको उपलब्धिहरुको स्मरण भई रहन्छ । महापुरुषहरु स्त्री पुरुष सबै हुँदै आएका छन् । जनकी कन्या सीता पछिल्लो जन्ममा एक व्रह्मण कन्या थिइन्, आफ्ना पिताको प्रेरणाबाट परमब्रह्म पाउनका लागि उनले तपस्या गरिन् तर सफल हुन सकिनन् ।

Advertisement


दोस्रो जन्ममा उनले रामलाई प्राप्त गरिन् । साथै चिन्मय, अविनाशी, आदिशक्तिको रुपमा प्रतिष्ठित भइन् । ठीक यसै प्रकारले राजकुलमा उत्पन्न मिरामा परमात्माको भक्तिको प्रष्फुटन भयो । सबै कुरा छोडेर उहाँ भगवानको चिन्तमा लाग्नु भयो । अनेक व्यवधान झेल्नुप¥यो र सफल पनि हुनु भयो । उनकै स्मृति सम्झनाका लागि मन्दिर बने, स्मारक बने । ता कि समाज उनका उपादेशहरुबाट अनुप्रणित हुन सकून् । सीता, मिरा अथवा प्रत्येक महापुरुष हाम्रा आदर्श हुन् । हामीले उनीहरुको पदचिन्हलाई अनुशरण गर्नुपर्दछ तर हाम्रो स्थिति पत्र–पुष्प चढाउनुलाई नै भक्ति मानेर वा कल्याण मानेर बस्नेछ ।


तर यो भन्दा बढी भूल के हुन सक्छ यदि हामीले केवल उनको चरणमा फूल चढाएर, चन्दन लगाएर आफ्नो कर्तव्यलाई इति श्री मानेर बस्यौ भनी हामी लक्ष्यबाट धेरै टाढा भड्किने छौं । प्रायः यो जसको आर्दश हुन्छ, उसको मुर्ती, चित्र खराउ, उसको स्थान उससँग सम्बन्धित कुनै पनि चिज देख्दा, सुन्दा मनमा श्रद्धा जागेर आउँछ । यो निश्चय नै उचित हो । हामी पनि आफ्नो गुरु देव भगवानको चित्रलाई फोहोरमा फाल्न सक्दैनौ किन कि उहाँ हाम्रो आर्दश हो । उहाँकै प्रेरणा तथा उहाँका अनुसार हामी हिड्नु पर्छ, जुन स्वरुप उहाँको छ, क्रमशः हिड्दै उहाँको प्राप्ति हाम्रो पनि अभिष्ट हो । साथै, यही उहाँको यथार्थ पूजा पनि हो ।


आफ्नो आदर्शका उपदेशहरुलाई हृदयगमन गरेर तथा त्यसतर्फ हिड्ने प्रेरणा ग्रहण गर्नका लागि नै स्मारक बनेका हुन् । चाहे त्यसलाई आश्रम, मन्दिर, मस्जिद, चर्च, मठ, विहार गुरुद्वारा या कुनै पनि नाम दिनुहोस् । यी सबै केन्द्रको सम्बन्ध धर्मसँग हुन्छ, जसको प्रतिमा राखिएको छ, उनले के गरेर के पाए ? कसरी तपस्या गरे ? कसरी प्राप्त गरे ? केबल यही जान्नका लागि हामी उक्त चिन्तनमा पुग्दछौं । पुग्नु पनि पर्दछ तर यदि यी स्थानमा महापुरुषहरुको पद चिन्ह लगाइदैन भने वा सिकाइदैन भने अर्थात् कल्याणको व्यवस्था मिल्दैन भने ती स्थान गलत हुन् ।


त्यहाँ तपाइलाई केवल रुढिवादीमात्र मिल्छ । त्यहाँ जाँदा तपाइलाई नोक्सान हुन्छ । व्यक्तिगत रुपबाट घर घरमा, गल्ली गल्लीमा पुगेर उपदेश गर्नुको अपेक्षा सामूहिक उपदेश केन्द्रको रुपमा यी धार्मिक स्थानको स्थापना गरिएको हुन्छ तर कालान्तरमा यी प्रेरणा स्थलीहरुबाट नै मुर्तीपूजा तथा रुढिवादीहरुले धर्मको स्थान ग्रहण गरेर लिए । यहीबाट भ्रम पैदा हुन गयो ।

तपाईको प्रतिक्रिया