पोखरा २६ मा सार्वजनिक सुनुवाई

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नं २६ ले आर्थिक वर्ष २०७९/८० मा गरेका काम र भावी कार्यक्रमका बारे बिहीबार सार्वजनिक सुनुवाई आयोजना गरेको छ । जनस्तरबाट उठेका गुनासा र सुझाव सुन्न कार्यक्रम भएको हो ।
कार्यक्रममा पोखरा महानगरपालिकाका प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले विकास भनेको बाटो घाटो, कुल कुलेसा र अन्य भौतिक संरचनामात्र नभएको उल्लेख गरे । जनस्तरबाट आएका सुझाव तथा गुनासाको वडाध्यक्ष नरेन्द्र थापाले जवाफ दिए । उनले वडावासीको साथ र सहयोगले हाम्रो वडा, राम्रो वडा बनाउने अभियान चलिरहेको सुनाए । उनले आफ्नो डेढ वर्षे अवधिमा करिब १८ करोडको काम भएको जनाए ।
अहिले महानगरमा वृद्धि भएको करका दरलाई घटाउनेतर्फ पहलकदमी हुने र पहाडी भेगका बाँझो जग्गा उपभोगका लागि भूमि बैंक स्थापना गर्ने योजना उनले सुनाए । वडा कार्यालय र नागरिकबीच दोहोरो संवाद स्थापित गर्दै विकास प्रक्रियामा नागरिकको रचनात्मक प्रतिनिधित्वसहित जवाफदेहिता तथा पारदर्शिता प्रवद्र्धन गर्नसार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको थापाले बताए ।
कार्यक्रममा २०७९/०८० मा कार्यालयसँग सम्बन्धित समस्या, जनगुनासो तथा उजुरीहरुको सुनुवाइ, वर्षभरि सञ्चालन गरिएका योजना, परियोजना, कार्यक्रम, बजेट आदिका बारेमा सम्बन्धित सरोकारबाला तथा नागरिकलाई विस्तृत जानकारी दिइएको छ ।
सो अवसरमा वडाबासीले वडाको दैनिक सेवा प्रवाह, विकास, निर्माणका कार्यक्रमको प्रगति, सांगठनिक सुशासन, पारदर्शिता तथा जवाफदेहिता, मापदण्ड कार्यान्वयन, सार्वजनिक सम्पतिको संरक्षणसहित समग्र वडाको विकास अवस्थाबारे जिज्ञासा र सुझाव राखेका छन् ।
कार्यक्रममा पोखरा १५ का अध्यक्ष तोरणबहादुरबवानियाँ र सञ्चारकर्मीद्वय उदीपराज ढुंगाना र सुरेश रानाभाटले पनि बोलेका थिए ।
तपाईको प्रतिक्रिया