एम्नेस्टी समूह ५४ संयोजकमा सुरेन्द्र

पोखरा ।
अन्तर्राष्ट्रिय मानवाधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनल समूह ५४ को साधारणसभाले सुरेन्द्र परियारको संयोजकत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
२२ औं वार्षिक साधारणसभा तथा १४ औं अधिवेशनल नयाँ नेतृत्व चुनेको हो । शनिबार पोखरामा भएको साधारण सभाले सहसंयोजकमा विष्णुहरि पन्थी, सचिव अधिवत्ता मीनाकुमारी रानाभाट, कोषाध्यक्षमा दीपा शर्मा, सहसचिवमा अधिवक्ता सूर्यबहादुर थापालाई चयन गरेको छ ।
समितिका सदस्यमा सुशील केसी, अजय थापा, अनिरुद्र बराल र अस्विन कार्की छन् । कार्यक्रममा एम्नेस्टी इन्टरनेसनल समूह ५४ का पूर्व संयोजक कोमलनाथ कुँवरले मानवाधिकारको वकालत गर्ने गरी एम्नेस्टीको स्थापना भएको बताए । नवनिर्वाचित टिमले एम्नेष्टी अभियानलाई व्यापक बनाई मानवाधिकार संरक्षणलाई नयाँ उचाईमा पुर्याउने विश्वास व्यक्त गरे ।
पूर्वसंयोजक नवीनराज बरालले नयाँ कार्यसमितिले मानव अधिकारको क्षेत्रमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरे । कार्यक्रममा एम्नेस्टी इन्टरनेसनल समूह ५४ का पूर्व संयोजकहरु अनन्त कोइराला र भानु पराजुली, समूह ८२ सचिव नरेश बराल लगायतले बोलेका थिए ।








सामुदायिक स्कुल विकासका प्रयास
लैंगिक हिंसा बोलीदेखि व्यवहारसम्म
संकटमा पत्रकार र पत्रकारिता: पोखरा घोषणापत्र जारी गर्दै गण्डकी प्रदेश भेला सम्पन्न
महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया