किसान महासंघको कार्यशाला

समाधान संवाददाता २०८० साउन २८ गते १३:०५

पोखरा ।
अखिल नेपाल किसान महासंघ गण्डकी प्रदेश कमिटीले अगुवा किसानका लागि प्रदेश स्तरीय कार्यशाला गरेको छ ।
२ दिनसम्म चलेको कार्यशालामा केन्द्रीय सदस्य, प्रदेश कमिटीका पदाधिकारी, सदस्य र जिल्ला कमिटीका पदाधिकारीसमेत गरी १० जिल्लाका १ सय किसानको सहभागिता रहेको कमिटी अध्यक्ष गोवद्र्धन गौलीले जानकारी दिए । ‘सम्पूर्ण श्रमजीवी किसान एक जुट होऔं’ भन्ने नाराका साथ भएको कार्यशाला किसान महासंघ केन्द्रीय कमिटी अध्यक्ष प्रेम दंगालले उद्घाटन गरे ।

Advertisement


कार्यशालाले २६ बुँदे पोखरा घोषणापत्र जारी गरेको छ । कार्यशालमा किसान महासंघका केन्द्रीय कमिटीका अध्यक्ष दंगालले किसान महासंघको ७ औं राष्ट्रिय महाधिवेशन, नेपाली कृषि क्रान्तिको कार्यक्रम र आगामी कार्यदिशा, नेकपा (एमाले)का केन्द्रीय सदस्य डा सूर्य पाठकले पार्टी र जनसंगठनबीचको सम्बन्ध, जनसंगठनबीच अन्तर सम्बन्ध विकास र सहकार्य विषयमा प्रशिक्षण दिएका छन् ।


नेकपा (एमाले) गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले एमालेको १० औं महाधिवेशनको सिद्धान्त, कार्यक्रम, कार्यदिशा र नेपाली कृषि क्रान्तिको कार्यदिशा विषयमा प्रशिक्षण दिएका छन् ।

Advertisement


कार्यशाला तथा प्रदेश कमिटीको बैठकले पदाधिकारी सहितको स्थायी समिति गठन गरेको छ । कमिटीका सदस्यको कार्यविभाजन गर्नुका साथै सबै जिल्लाको कार्ययोजनालाई एकीकृत गरी प्रदेश कमिटीको संगठन निर्माण, सदस्यता विस्तार र सुदृढीकरण अभियान अन्तर्गत १ वर्षे कार्ययोजना निर्माण गरेको छ । कार्यशालामा पार्टीका प्रदेश कमिटी उपाध्यक्ष मोहन रेग्मी, किसान महासंघका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश इन्चार्ज वेगप्रसाद पुर्जा लगायतले किसानका समस्याबारे बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया