पाेखराका सालिक हटाउने निर्णयमा कांग्रेसकाे असहमति

समाधान संवाददाता २०८० साउन २८ गते १४:२३

पाेखरा ।

Advertisement

पोखरा भित्र विभिन्न ठाउँमा रहेका सालिकहरुको व्यवस्थापन तथा स्थानान्तरणका लागि पोखरा महानगरको तर्फबाट भएको कुनै पनि निर्णयमा नेपाली कांग्रेस कास्कीको संग्लनता नरहेको कांग्रेसले बताएको छ । आइतबार विज्ञप्ति सार्वजनिक गर्दै महानगरको सर्वपक्षिय निर्णयमा कांग्रेको सहभागीता नरहेको जनाएको छ ।


विज्ञप्तिमा भनिएको छः
‘पोखराको सहरी सौन्दर्यीकरण हामी सवैको साझा चासोको विषय हो जसका लागि हामी सवै पोख्रेलीहरु एक ठाउँमा उभिनै पर्छ । पोख्रेलीहरुको साझा चासोको यो विषयलाई राजनितीक पार्टीहरुको धारणाले मात्रै सम्वोधन गर्न सक्दैन । यसैले पोखरालाई सुन्दर सहरको रुपमा विकास गर्नका लागि राजनैतिक पार्टीहरु र नागरिक समाजको साझा अवधारणा आवश्यक पर्ने हुनाले यस विषयमा हतारमा कुनै पनि निर्णय नगर्न नगराउनका लागि नेपाली काँग्रेस कास्की अनुरोध गर्दछ ।


सालिकको व्यवस्थापन तथा स्थानान्तरण गर्ने भनी पोखरा महानगर पालिकावाट सार्वजनिक गरिएको उक्त सर्वपक्षीय निर्णयमा नेपाली काँग्रेस कास्कीको कुनै पनि किसिमको संलग्नता नरहेको व्यहोरा यसैसाथ सवैमा जानकारी गराउन चाहन्छु ।’

Advertisement

तपाईको प्रतिक्रिया