मुस्ताङको कागबेनीमा बाढीको बितण्डा, दुई दर्जन घरसहित भौतिक संरचना बाढीले बगायो
३१ वटा भौतिक संरचनामा क्षति

ब्रेकिङ न्युज ः
जोमसोम—मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ कागबेनीधाममा आईतबार साँझ आएको बाढीले बितण्डा मच्याएको छ । कागबेनी गाउँ माथिको मुक्तिनाथ शीर हुँदै झर्ने शाखा नदी पहिरोका कारण थुनिएपछि आएको बाढीले ठुलो क्षति पू¥याएको बताईएको छ ।
गएराती वारागुङ मुक्तिक्षेत्रको छेङ्गुर,झोङ,पुडाक लगायतका शाखा नदी उर्लिएर नदी थुनिएपछि कागबेनी गाउँ बाढीको जोखिममा परेको थियो । अविरल वर्षासंगै गएरातीको ठाँडो खोलाको बाढीले दुई दर्जन घरहरु बगाएको प्रारम्भिक अनुमान गरिएको छ । बाढीले स्थानीयको घर,पसल,होटल,आमा समुह भवन,प्रहरी चौकी भवन,युवाक्लव भवन,वडा कार्यालय भवन,प्रभु बैंक रहेको घर पुरै बाढीले बगायो वारागुङ मुक्तिक्षेत्र गापाका अध्यक्ष रिनजिन नाम्गेल गुरुङले जानकारी दिए ।
यसैगरी कागबेनी खोलामा आएको बाढीले त्यहा अवस्थित धार्मिक श्रद्धस्थल,धर्मशाला,मन्दिर समेत बगाएको छ ।बाढीले कागबेनीमा रहेको एनएनबी बैंक रहेको घर ,जनशान्ति माध्यमिक विद्यालयमा आशिंक क्षति भएको अध्यक्ष गुरुङले बताए । अचानक आएको बाढीले कागबेनीमा संञ्चालनमा रहेका आधा दर्जन पसलका सामानहरु समेत बगाएको छ भने कागबेनी खोलाको दक्षिण पूर्वमा रहेका घरहरु रहेको स्थान पुरै बगरमा परिणत भएको छ ।
बाढीले कागबेनी गाउँ भित्र रहेका अस्थायी काठेपुल र जोमसोम—कोरला जोड्ने निर्माण सम्पन्न हुने क्रममा रहेको पक्की पुल समेत बगाएको छ । यसैगरी बाढीले होटलमा पार्किङ गरी राखिएका २ वटा गाडी समेत बगाएको बताईएको छ ।
कागबेनीमा आईतबार साँझ ठाँडो मुक्तिनाथ कागखोला थुनिएपछि स्थानीय हताहत भएका थिए । उनीहरुलाई ,वडा कार्यालय,पालिका ,प्रहरी र प्रशासनको अनुरोधमा सुरक्षित स्थानमा सारिएको थियो ।
कागखोला बाढीको बितण्डाले कागबेनीको तटीय बस्ती रहेको स्थान कुरुप बनाईदिएको छ । अहिले बाढीले क्षति बनाएको स्थानमा वारागुङ मुक्तिक्षेत्र पालिका,प्रहरी , प्रशासन र पालिका भित्रका सबै युवा क्लवका प्रतिनिधिहरु उद्दारका लागि त्ससतर्फ जाँदै गरेको बताईएको छ ।
मुस्ताङका प्रजिअ अनुप केसीले कागबेनीमा आएको बाढीले मानवीय क्षति नभएपनि भौतिक क्षति भएको बताए । उनले बाढीले पू¥याएको क्षति विवरण संकलन गर्ने तयारी भईरहेको र सुरक्षा निकाय र सरोकारवाला टोली उद्दारका लागि प्रस्थान गरेको जनाए

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्






जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया