वन पैदावर लिलाम गर्दा इटेन्डर प्रस्ताव

पोखरा ।
गण्डकी प्रदेशसभामा वन विधेयक दर्ता भएको छ । मन्त्रिपरिषद्को २४ साउनमा बसेको बैठकले पास गरेको ऐनको मस्यौदा सोही दिन प्रदेशसभामा दर्ता गरिएको थियो । यो ऐनमा वैन पैदावर लिलाम बिक्री गर्दा इटेन्डर गर्ने व्यवस्था गरिएको छ । संघीय वन ऐनमा समेत नभएको यो नयाँ व्यवस्था हो ।
गण्डकीका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापाले प्रदेशको अधिकार क्षेत्रमा पर्ने वनको नियमन, उपयोग र संरक्षण गर्दै समृद्धिका लागि योगदान पुग्ने गरी ऐनको मस्यौदा तयार भएको जानकारी दिए । ‘प्रदेशको अधिकार क्षेत्रको वन नियमन गर्न विधेयक बनेको छ । यसमा धेरै कुरा समेटेका छौँ । १६ परिच्छेद र ११३ दफा छन् ।’
यसअघि वनका टेन्डरमा सूचीकृत फर्निचरले मात्र बोलपत्र हाल्न पाउने व्यवस्थ रहेकोमा अब जसले पनि पाउने प्रावधान राख्न प्रस्ताव गरिएको छ । ढालपढ रुखका काठ काट्न र निजी वनको उपयोगलाई निकै सरल र व्यवस्थित बनाइएको मन्त्री थापाले सुनाए ।
‘काठ घट्ने चिज हो, मक्किने वस्तु हो । त्यसैले चाडै यसको उपयोग गरी नगद आर्जन र रोजगारी सिर्जना गर्नुपर्छ,’ उनले भने, ‘हामी वनको क्षेत्रमा रहेका नदीजन्य पदार्थ, जसले बस्ती र वन क्षेत्रलाई जोखिम बनाएका छन्, ती वस्तु उपयोग गर्ने व्यवस्था प्रस्ताव गरेका छौं ।’
निजी वनका रुख काट्न सहज व्यवस्था प्रस्ताव छ । आफ्नै प्रयोजनका लागि काट्न कतै अनुमति लिन नपर्ने प्रावधान प्रस्ताव गरिएको छ । वडा र पालिकाभित्र उपयोगका लागि पालिकाको सिफारिसले हुने र पालिका बाहिर लैजानुपर्ने अवस्थामा मात्र पालिका र वनको सिफारिस चाहिने प्रावधान मस्यौदामा छ ।
बिहीबारका लागि बोलाइएको बैठक बिजनेस नभएपछि स्थगित भएको थियो । प्रदेशसभा सचिवालयमा नेकपा एमालेले जरुरी सार्वजनिक महत्वका २ प्रस्ताव दर्ता गराएको छ । दलहरुबीच सहमति जुटे अब बस्ने बैठकमा संसदीय समितिहरु गठन हुने छन् ।









वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया