जनमोर्चा कास्कीको जिल्ला सम्मेलन असोजमा

समाधान संवाददाता २०८० साउन २९ गते १२:४७

पोखरा ।
संघीयता विरोधीको पहिचान बनाएको राष्ट्रिय जनमोर्चा कास्कीको पाँचौं जिल्ला सम्मेलन आगामी असोज २६ र २७ गते पोखरामा हुने भएको छ । जनमोर्चाको पोखरामा सम्पन्न बैठकले जिल्ला सम्मेलनको मिति तय गरेको हो ।


सम्मेलन सफल बनाउन विभिन्न तयारी सुरु गरेको नेता गणेश अधिकारीले जानकारी दिए । गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं, संघीयता खारेज गरौं भन्ने नाराका साथ हुने सम्मेलनका लागि जिल्ला अध्यक्ष रविमोहन ढकालको संयोजकत्वमा २३ सदस्यीय आयोजक समिति र विभिन्न ४ वटा उपसमिति गठनसमेत गरेको छ । समितिमा तमबहादुर रोका, लक्ष्मी कुँवर, जमुना खाती, विष्णु पुरी, गणेश अधिकारी, रमेश गुरुङ, प्रवीण पौडेल, सुशीला विक, देविलाल कडेल लगायत २३ जना छन् ।


बैठकले कार्यालय व्यवस्थापन, संगठन परिचालन, आर्थिक र प्रचार समिति पनि गठन गरेको छ । पार्टीको वडा तथा गाउँपालिका स्तरीय सम्मेलन भने भदौ १६ देखि सञ्चालन गरिने प्रचार संयोजक गणेश अधिकारीले बताए । बैठकमा बोल्दै केन्द्रीय नेता शंकर बरालले संघीयता खारेजीको पक्षमा जनमत बढेको सुनाए । जिल्ला अध्यक्ष रविमोहन ढकालको अध्यक्षतामा भएको बैठकले सम्मेलनको तयारीमा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया