शालिग्राम करिडोरका ३ योजनामा सम्झौता

तनहुँ ।
गण्डकी प्रदेशको गौरवको आयोजनाका रूपमा रहेको शालिग्राम करिडर लोकमार्ग सडक खण्डमा कालोपत्र कार्यका लागि ठेक्का सम्झौता गरिएको छ । उक्त सडक खण्डमा कालोपत्र गर्नका लागि ३ ठेक्का सम्झौता गरी ठेकेदार कम्पनी निर्माण स्थलमा खटिसकेका पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ ।
शालिग्राम कोरिडर अन्तर्गत ८२ किलोमिटर सडक छ । दासढुंगादेखि देउपुरसम्मको ६ दशमलव २ किलोमिटरमा यसअघि नै १३ करोडमा कालोपत्र भइसकेको छ । देउपुरबाट भतेरीसम्मको करिब १७ किलोमिटर दूरीमा कालोपत्रका लागि चालु आवदेखि नयाँ ठेक्का सम्झौता भएर प्रक्रियाअघि बढेको इन्जिनियर अमरेन्द्र यादवले जानकारी दिए । यो खण्डमा २ वर्षभित्र कालोपत्र सक्ने लक्ष्य छ ।
यस सडक निर्माणका लागि ८ करोड बजेट विनियोजन गरिएको छ । घिरिङ गाउँपालिकाको बैदीबाट पुटटारसम्मको ३२ किलोमिटर ग्राभेल सडक निर्माणका लागि २ ठेक्का सम्झौता भएका छन् । घिरिङको करुवाटारसम्मको २१ दशमलव ५ किलोमिटरका लागि ४ करोडमा सम्झौता भएको छ ।
करुवाटारदेखि १० दशमलव ४ किलोमिटरका लागि ४ करोडमा दोस्रो सम्झौता भएको इन्जिनियर यादवले बताए । दुवै सम्झौता अनुरुप चालु आर्थिक वर्ष ०८०÷८१ मा सम्पन्न गर्ने लक्ष्य छ । ३ ठेक्काको लागत १६ करोड छ ।
शालिग्राम करिडर लोकमार्ग अन्तर्गत देवघाटको दासढुंगा पुलबाट देउपुर, कोटा, रुपटार, मानपुर, डेढगाउँ, बैदी हुँदै पाल्पाको रामपुर र स्याङ्जा जोड्ने आयोजना रहेको कार्यालय प्रमुख दिनेशराज घिमिरेले जानकारी दिए । स्याङ्जाबाट रुपटार, पुटटार मधुवनटार लगायतका ६ बस्तीलाई यो सडकले जोड्नेछ ।
यो क्षेत्रमा कृषिदेखि औद्योगिक ग्राम स्थापनाकोसम्भावना रहेकाले यहाँका बस्तीलाई सडकसँग जोड्दै आर्थिक विकासका गतिविधि सञ्चालन गर्ने लक्ष्य राखिएको छ । सुरुमा पाल्पा र स्याङ्जालाई तनहुँसँग जोडेपछि कालीगण्डकी करिडोर हुँदै धार्मिक पर्यटकीयस्थल मुक्तिनाथ मन्दिरसम्म जोड्ने प्रदेश सरकारको दीर्घकालीन योजना छ ।









गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
स्याङ्जा आरुचौर एकता समाजको अध्यक्षमा पौडेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया