ललिता निवास प्रकरणमा छानबिन हुनेभएपछि नेपालको भ्रमण छोटियो
समाधान संवाददाता
२०८० साउन २९ गते १३:३६

काठमाडौं ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सोमबार स्वदेश फर्किने भएका छन् । युरोप भ्रमणमा गएका नेपाल भ्रमण कोट्याउँदै स्वदेश फर्किन लागेका हुन् । उनी सोमबार बिहान १० बजे नेपाल आइपुग्ने बताइएको छ ।
समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले भदौ २ गतेसम्मको योजना बनाएर गएका नेपाल ललिता निवास प्रकरणमा उनीमाथि पनि छानबिन हुने भएपछि भ्रमण छोट्याएर फर्किन लागेको बताए । उनले पूर्व निर्धारित कार्यक्रमअनुसार जाँदा पनि केही मान्छेले भागेको भन्ने आरोप लगाएले आफूहरूले नै फर्किन आग्रह गरेको बताए । पाण्डेले देशको प्रधानमन्त्री भइसकेको मान्छे बिनागल्ती देश छोडेर नभाग्ने बताए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया