शृंखला क्लबमा दिनेशको नेतृत्व

पोखरा ।
पोखरा महानगरपालिका वडा नं. २० मा क्रियाशील शृखला क्लबको पाँचौं अधिवेशनले दिनेश बस्नेतको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ ।
शनिबार भएको अधिवेशनबाट उपाध्यक्षमा मोहन रावल, सचिव हरिश थापा, सहसचिव विक्रम खत्री र कोषाध्यक्षमा शरद खत्री चुनिए । १५ सदस्यीय समितिका सदस्यमा राजकाजी गौतम, किरण खत्री, विजय कार्की, अमृत गौतम, चिरञ्जीवी केसी, योगेन्द्र बस्नेत, सुनील सुनार, सुनील खत्री, सीता सापकोटा र सुबिना नेपाली छन् ।
समितिका सल्लाहकारमा निर्मल खत्री, रविबहादुर लामिछाने, रमेश गौतम, तारा बस्नेत, तेजबहादुर खत्री, अनिल केसी, सुमित बस्नेत, सरोज केसी र मीना कुँवर खत्री छन् ।
नवनिर्वाचित समितिलाई निर्वाचन मण्डलका संयोजक नवीन थापाले सपथ गराएका थिए । निर्वाचन समितिमा महेन्द्रराज पौडेल र निर्मल खत्री सदस्य थिए ।
नवनिर्वाचित अध्यक्ष बस्नेतले सामाजिक रुपान्तरण सँगसँगै पारदर्शिता र भलाम क्षेत्रको समग्र विकासमा पहल गर्ने प्रतिवद्धता गरे । उनले क्लबलाई सबैसँग समन्वय गरी यो क्षेत्रको अग्रणी र नमूना संस्थाको रुपमा स्थापित गर्न प्रयत्न गर्ने जनाए ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया