पोखरा ८ र २८ मा युवा संघको नयाँ नेतृत्व

समाधान संवाददाता २०८० साउन ३० गते १३:०४

पोखरा ।
राष्ट्रिय युवा संघ नेपाल पोखरा महानगर पालिका अन्तर्गतका वडा नम्बर ८ को वडा कमिटीको अधिवेशन तथा युवा भेला भएको छ । अधिवेशनले अध्यक्ष मिलन खड्काको नेतृत्वमा ४७ सदस्यीय वडा कमिटी गठन गरेको छ ।

Advertisement


कमिटीको उपाध्यक्षमा शंकर कार्की, सचिव रुपेश पौडेल, सहसचिव मञ्जु भुजेल र विशाल क्षत्री र कोषाध्यक्ष विशाल लामा छन् । युवा संघ नेपाल कास्की प्रचार तथा प्रकाशन विभागका प्रमुख सुनील खड्काले सदस्यमा शिव कार्की, छेवाङ गुरुङ, मनिषा सुनार, अलीशेर मियाँ, अन्तिम परियार, एलिस परियार, विशाल गदाल लगायत रहेको जानकारी दिए ।


राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपमहासचिव महेन्द्र गुरुङले अधिवेशन उद्घाटन गर्दै संघले ‘समाज परिवर्तनको अभियान, नवयुवाको योगदान’ भन्ने नाराका साथ मिसन नेक्स्ट इलेक्सन टार्गेट न्यु जेनेरेसन नामक ४ महिने अभियान चलाएको बताए । उनले अभियानका क्रममा ४ लाख युवालाई सदस्यता दिइने जनाए ।


कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्यहरु सुवास सापकोटा र विक्रम गुरुङ, नेकपा (एमाले) वडा कमिटी पोखरा ८ अध्यक्ष अर्जुन श्रेष्ठ, युवा संघ नेपाल कास्की अध्यक्ष पानबहादुर जिसी, पोखरा महानगर कमिटी अध्यक्ष प्रदीप गुरुङ, वडा कमिटी पोखरा ८ का अध्यक्ष सञ्जीव बराल लगायतले बोलेका थिए ।


यसैबीच राष्ट्रिय युवा संघ नेपाल पोखरा महानगर कमिटी पोखरा २८ को युवा भेला भएको छ । भेलाले अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा २६ सदस्यीय वडा कमिटी गठन गरेको छ । कमिटी उपाध्यक्ष सुष्मा रानाभाट, सचिव सुरेन्द्र गौतम, सहसचिवमा सफल पौडेल र अनिल तिमिल्सिना र कोषाध्यक्ष राजकुमार ढकाल छन् । यस्तै राष्ट्रिय युवा संघ नेपाल पोखरा महानगरपालिका वडा नम्बर ३३ मा युवा अभिमुखीकरण कार्यक्रम भएको छ ।

Advertisement

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य भीम कार्की, युवा संघ नेपालका उपमहासचिव महेन्द्र गुरुङ, गण्डकी प्रदेश कमिटी संयोजक विकास अधिकारी, पार्टीका जिल्ला कमिटीका सचिवालय सदस्य बैनबहादुर गुरुङ, पार्टीको वडा कमिटी पोखरा २८ का अध्यक्ष रामकृष्ण तिवारी लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया