एसिया कपका लागि टोली घोषणा

समाधान संवाददाता २०८० साउन ३१ गते ११:२०

काठमाडौं ।
नेपाल क्रिकेट संघ (क्यान) ले एसिया कप क्रिकेट प्रतियोगिताका लागि रोहित पौडेलको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको छ । आगामी भदौ १३ देखि ३१ गतेसम्म पाकिस्तान र श्रीलंकामा आयोजना हुने उक्त प्रतियोगिताका लागि क्यानले मंगलबार नेपाली टोलीको घोषणा गरेको हो ।

Advertisement


छनोट हुने नेपाली टोलीमा कप्तान पौडेलसहित आशिफ शेख, कुशल भुर्तेल ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी र प्रतिश जिसी छन् ।


किशोर महत्तो, सन्दीप जोरा, अर्जुन साउद र श्याम ढकाल छानिएका छन् । पहिलो पटक एसिया कपमा सहभागिता जनाउन लागेको नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा भारत र पाकिस्तान छन् । त्यस्तै समूह बीमा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् । नेपालले आफ्नो समूहको पहिलो खेल पाकिस्तानमा खेल्नेछ भने दोस्रो खेल श्रीलंकामा खेल्नेछ ।

नेपालले र पाकिस्तानबीचको पहिलो खेल आगामी भदौ १४ गते हुनेछ । नेपालले आफ्नो दोस्रो खेल भारतसँग खेल्नेछ । नेपाल र भारत बीचको खेल भने श्रीलंकामा हुनेछ । सो खेल भदौ १८ गते तय छ ।

Advertisement

तपाईको प्रतिक्रिया