स्याङ्जाली तमु समाजले मनायो ट्होटे

लेखनाथ ।
पोखरा –२६ को स्याङ्जाली तमु समाजले हरेक वर्ष साउनको अन्तिम मंगलबार मनाउँदै आएको ट्होटे पर्व सामूहिक रुपमा मनाएको छन् । वर्षको दुईपटक तमु समुदायले मनाउने ट्होटे पर्व अन्तर्गत चैत महिनाको अन्तिम मंगलबार उभौली र साउनको अन्तिम मंगलबार उधौली पर्वका रुपमा मनाउने प्रचलन अन्तर्गत ट्होटे पर्व मनाएका हुन् ।
पोखरा–२६ को गुँदेतालबाट धार्मिक परम्परा अनुसार बाजा गाजा, र तमु समुदायको भेषभुषामा सझिएरको समूहले बुढीबजार, लक्ष्मी मावि, भित्री अर्घौं बजारको परिक्रमा गर्दै गडुवा खोलको किनारामा पुगी वैधिक विधिपूर्वक समापन गरिएको हो ।
समाजका अध्यक्ष ले नेमबहादुर गुरुङको नेतृत्वमा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष मोहनप्रसाद गुरुङ, पूर्वअध्यक्ष क्याप्टेन डिकबहादुर गुरुङ, सुवेदार यमबहादुर गुरुङ क्याप्टेन जंगबहादुर गुरुङ, आमा समूहकी अध्यक्ष रिनु गुरुङ, पूर्व अध्यक्ष कमलादेवी गुरुङ, टौसरी गुरुङ र सचिव क्याप्टने बिलबबहादुर गुरुङ लगायतले नेपालीहरुको मौलिक संस्कृतिको रक्षाका लागि यहाँ भएका विभिन्न जातजातिले धार्मिक रीतिरिवाजको संरक्षण गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।
ट्होटे पर्वमा विशेष गरी प्राकृतिक दैवी प्रकोपबाट मानव जातिको रक्षा होस् भन्दै बालीनाली र गाउँ समाजमा कुनै किसिमको आपतविपत नआओस् भन्दै भूपप्रेतलाई भागाउने मान्यता रहँदै आएको छ ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया