दास मानसिकता कसरी आउँछ ?

जीवनको प्रधानता रहेको सोच नै दास हुने रहेछ । मात्रात्मक रुपमा कम, वेशी भएता पनि सबैमा प्रवल हुने दास मानसिकताले सिगों जीवन नै प्रताडित हुने रहेछ । कहिँ न कहिँ, कसै न कसैप्रति रहने दास मानसिकताले जीवन नै तरंगित बनाईदियो ।
दास मानसिकताको सूधाधार के हो ? आफैंमा निहीत हुने सोचको कारक तत्व के रहेछ ? दास मानसिकता बिनाको जीवन सम्भव छ, कि छैन ? दास मानसिकताको मात्रा अशिक्षितमा बढी र शिक्षितमा कम हुने हो कि, यसमा पनि चेतनाले काम गरेको हुन्छ ? कसैमा अधिनस्थ रहने कि नरहने अथवा परनिर्भरता रहने कि नरहने भन्ने विषय आम व्यक्तिको चेतनाले कति प्रभाव पार्ला ?
मानव जाति आफैंमा आफैं सिर्जित सामाजिक प्राणी हो । सामाजिक प्राणी हुँदै गर्दा अन्य असामाजिक प्राणीमा देखाइने स्वभावमा स्वतः दास मानसिकता झल्किएको हुन्छ । यसको मात्रामा व्यक्तिको स्वभाव निर्भर रहेको हुन्छ । अरुमा दास मानसिकता प्रकट गरिरहँदा आफैंमा पनि कसैले दास मानसिकता थोपरिरहेको हुन्छ । कसै न कसैको अधिनस्थ रहने प्रवृत्तिभित्र दास मानसिकताका प्रतीकहरु बग्रेल्ती देखिरहन्छन् ।
सोचको बन्धक दास मानसिकताको उच्चतम स्वरुप हो । सोचको बन्धक समान्य चेतनाले महसुस गर्न सक्दैन । यसको महसुस गर्नका लागि जीवनका न्यूनतम आधारशीला बुझ्न सक्ने चेतनाको विकास हुन जरुरी छ । जसका लागि समाजको विकास क्रम, मानव जातिको आवश्यकता र चाहनाको पृष्ठभूमि जान्न जरुरी छ ।
मानसिकता भित्रको सोच आफैंमा समान्य भएता पनि यसको जटिलताको मुख्य कारक भनेको मानव जाति स्वयं नै हो । दास मानसिकताको मुख्य आधार भनेको व्यक्तिको परनिर्भरता हो । यही परनिर्भरतामा फसको जीवनले जीवनको वास्तविकता बुझ्न दिँदैन । अथाह समस्याका बीचमा गुज्रने तत्वहरु दास मानसिकताका उपज हुन् । मानसिकताको उच्चतम सकारात्मक प्रयोगले दास मानसिकतामा कमी ल्याउन सकिन्छ । तर त्यो सहज हुँदैन ।
दास मानसिकता आम समस्या हुो या यसको प्रकृति पनि असमान हुन्छन् ? यो दास मानसिकता समाज, व्यक्ति, चेतनास्तर र समाजिक वातावरणले प्रभाव पार्दैन ? स्वभाविक रुपमा दास मानसिकता आम समस्या हुो । यसको प्रकृति पनि असमान हुन्छ, व्यक्तिमा निर्भर रहने क्षमता र चेतना स्तरले यसको मापन गर्ने गर्दछ र सोही अनुसार यो पनि मात्रात्मक रुपमा कम, बेसी रहने गर्दछ । दास मानसिकता समाजिक वातावरणको प्रभाव, समाजमा रहने व्यक्तिको चेतना स्तरमा पूर्ण निर्भर रहन्छ तर यो औषतमा सर्वव्यापी रहेको हुन्छ ।
सम्पन्न व्यक्ति हुँदैमा दास मानसिकताको प्रभाव नहुने र अशिक्षित वर्ग हुने बित्तिकै यसको मात्रा अत्यधिक हुने सोच सर्वमान्य हुन सक्दैन । किन कि व्यक्तिमा निहित हुने मानसिकतालाई व्यक्ति स्वंयले कन्ट्रोल गर्ने हुँदा व्यक्तिको क्षमता र जीवनलाई हेर्ने दृष्टिकोणमा यसको भाष्य निर्माण हुने गर्दछ ।
मान्छेमा किन दास मानसिकता पैदा हुन्छ ? यो प्राकृतिक नियमको अंग हो । समाज विकासका घटना क्रम र मानव जातिको उत्पतिलाई नियाल्ने हो भने सजीवको मस्तिष्कमा नै डर पैदा भएको हुन्छ । जहाँ डर हुन्छ, त्यहाँ सोचको विकास हुन्छ, जहाँ सोच रहन्छ त्यहाँ दास मानसिकता पैदा हुन्छ ।
मानसिकता आम पयार्य हो । तर मानसिकताको प्रारुपभित्र दास हावी भएको हुन्छ । जसमा आफैंप्रति विश्वास हुँदैन, त्यसमा दास मानसिकता बढी झल्किन्छ भने जो स्वनिर्भर छ, उसमा कम ।
परनिर्भर रहनुपर्ने समाजिक न्यायको सिद्धान्त नै हो । तर यसको मात्राले भने जीवनको आयाममा धेरै प्रभाव पार्दछ । कोही कसैपति आग्रह र पूर्वाग्रह समाज विकासको आवश्यकता नै हो । तर कसैलाई कसैमाथि दास मानसिकता लाद्दै गर्दा उ पनि कसैबाट शासित भइरहेको महसुस नै हुँदैन । ठूलोले सानोमाथि देखाउने भावमा पनि दास मानसिकता हावी हुन्छ भने कोही कसैप्रति प्राप्तिको आशा गरिरहँदा पनि दास मानसिकताले काम गरेको हुन्छ । कोही सधै दासित मात्र भइरहने र कोही सर्वमान्य भइरहने भन्ने हुँदैन ।
दास मानसिकता लाद्न खोज्नु पनि कमजोर मानसिकताको उपज हो । कसैलाई कसैको अधिनस्थ राख्न खोज्नु भने त्यो उसको अल्प ज्ञान हो । म ठूलो हुँ भन्ने मानसिकता नै दास मानसिकता हो । जो हरेकमा कम वेशी पाइन्छ ।
प्राप्तिमा जीवनको उपलब्धि ठान्ने र गुमाउनु पर्दा संसार हारे जस्तो सोच्नु भनेको नै दास मानसिकता हो । कोही पनि आफनो स्वार्थलाई प्रधान सोच्न भन्ने कुरालाई हेक्का राख्न सक्नु पर्दछ । अनि मात्र दास मानसिकता कमजोर वन्दछ । आफूमा नै केन्द्रित व्यवहार मानव जातिको उच्चतम रुप हो । यही सर्वमान्य सिद्धान्तसमेत बुझ्न नसक्दा हाम्रो मानसिकता झन झन दासित बनिरहेको छ । जसको प्रभाव आम जीवनमा परिरहेको छ । जब मानसिकता शिथिल बन्छ, जीवनमा अनेकन समस्या जटिल बनिदिन्छन् ।
किन हामी दासी बन्यौ ? किन हाम्रो सोच दास जस्तो बन्यो ? यसको विषय उठान त्यति सहज छैन, जति हामी सोचिरहेका छौं । आफैंप्रति भरोशा नहुँदा दास मानसिकता हावी बनिदियो । कसैलाई लाग्दो हो, म सम्पन्न छु, सबैमा आफनो विचार लादिरहेको छु । तर उसलाई हेक्का हँुदैन, उ पनि कसैको दास बनिरहेको छ । यो सबै जीवन भित्रका डर र भ्रमका उपज हुन् ।
एक अर्काको परिपूरकका रुपमा रहेको सामाजिक व्यवस्था यसका अनुयायी हुन् । जसभित्र सामाजिक व्यवस्थाको कल्पना गर्न सकिँदैन । चुरो भनेको दास मानसिकताका हावी हुनेहरुले जीवनका मूल्य, मान्यता बुझ्न जरुरी छ ।
भौतिक, आर्थिक र सर्वमान्य सोचका राख्नेहरु दास मानसिकताका पर्याय हुन् । जो आफूलाई ठूलो र योग्य महसुस गर्दछन्, कमजोर ठानिएको वर्गमाथि अनेकन दास प्रवृत्ति देखाईरहन्छन् । अरुलाई कमजोर देखाएर आफू बलियो सोच्नेहरुका भीडमा दास मानसिकता नै मुख्य कारण हो । यही मानसिकताका कारण समाजमा अराजकता र असमानता सृजना भएको छ । आफैंले आफूलाई चिन्ने प्रयत्न गर्ने हो भने दास मानसिकता कम हुँदै जान्छ ।
तपाईको प्रतिक्रिया