कर घटाउन कांग्रेस पोखरा १७ को माग
समाधान संवाददाता
२०८० साउन ३२ गते १३:३०

पोखरा ।
नेपाली कांग्रेस पोखरा १७ ले पोखरा महानगरपालिकाले विभिन्न शीर्षकमा अचाक्ली कर बढाएको भन्दै त्यो फिर्ता लिन माग गरेको छ । कांग्रेस वडा समिति पोखरा १७ ले वडाभित्र अपारदर्शी एवं लापरबाही ढंगले विकास, निर्माणका काम भएको भन्दै त्यसलाई रोक्नसमेत खबरदारी गरेको छ ।
वडा सभापति देवराज आचार्य र सचिवद्वय विनम गुरुङ र प्रेम ढकालद्वारा हस्ताक्षरित ज्ञापनपत्र बुधबार पोखरा १७ की वडाध्यक्ष राधिका शाही योगीमार्फत् पोखरा महानगरपालिकालाई पठाइएको छ । सभापति आचार्यको नेतृत्वमा गएको टोलीले पोखरा १७ भित्र भए÷गरेका विकास निर्माणका कामबारे जानकारीसमेत लिएको छ ।
आम वडाबासीको आवाज ज्ञापनपत्रमार्फत् मेयर धनराज आचार्यलाई पठाइएको इकाइ सचिव विनम गुरूङले बताए । अवैज्ञानिक ढंगबाट महानगरले कर वृद्धि गरेको जनाउँदै ज्ञापनपत्रमा त्यसलाई सच्च्याउन मागसमेत गरिएको छ ।
सम्बन्धित








पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया