एनसेलको इपिएल लिग

समाधान संवाददाता २०८० साउन ३२ गते १३:३२

काठमाडौं ।

Advertisement

एनसेल आजियाटा लिमिटेडले इंग्लिस प्रिमियर लिग (इपिएल) २०२३/२४ को अवसरमा एनसेल एपमा ‘एनसेल इपिएल लिग’ प्रतियोगिता सुरु गरेको छ । यस प्रतियोगितामा सहभागीले साप्ताहिक रुपमा र इपिएल सिजनको अन्त्यमा ३ जनाले ग्रान्ड प्राइज अर्थात मुख्य पुरस्कार जित्ने मौका पाउँछन् ।


सहभागी एनसेल एप प्रयोगकर्ताले खेलका आधारमा साप्ताहिक रूपमा फुटबलको नतिजा पूर्वानुमान गर्न सक्छन् । प्रतियोगितामा भाग लिन एपमा लग इन गरी एपको माथिल्लो दायाँ कुनामा रहेको ह्यामबर्गर आइकनमा गएर प्रेडिक्ट एन्ड विनभित्र गई आवश्यक विवरण भर्नुपर्छ । खेलको पूर्वानुमान गरेर अंकमा नतिजा साप्ताहिक रुपमा भर्न सकिन्छ । ग्राहकलाई साप्ताहिक रुपमा बोनस प्रश्न पनि सोधिनेछ, जबमा १० अंक दिइनेछ ।


पहिलो पुरस्कार विजेताले वायरफ्री सेवाको निःशुल्क डिभाइसका साथ १२ महिनासम्म प्रत्येक महिना २५० जिबी डेटा पाउने छन् । दोस्रो पुरस्कार विजयीले ६ महिनासम्म निःशुल्क वायरफ्री डिभाइसका साथ प्रत्येक महिना २ सय ५० जिबी डेटाको फाइदा लिन मिल्छ । तेस्रो हुनेले वायरफ्री सेवाको निःशुल्क डिभाइस र प्रति महिना २ सय ५० जीबी डेटा ३ महिनासम्म पाउने छन् ।


विजेतालाई उनीहरूको मनपर्ने टोलीको होम जर्सी र क्लबका सामान पनि प्रदान गरिने एनसेलले जनाएको छ । यो प्रतियोगिता इपिएल सिजनको अन्त्य नभएसम्म अर्थात् १९ मे २०२४ सम्म चल्नेछ ।

Advertisement


सबैभन्दा धेरै अंक ल्याउन सफल प्रतियोगीलाई विजेता घोषित गरी साप्ताहिक पुरस्कार र मुख्य पुरस्कार दिइनेछ । साप्ताहिक पुरस्कारमा पाँच भाग्यशाली साप्ताहिक विजेतालाई अंकको आधारमा ९ सय ९८ पर्ने कम्बो प्याक प्रदान गरिनेछ । यो प्याकमा ननस्टप अल नेट भ्वाइस सेवाका साथै प्रत्येक दिन २ जिबी डेटा र ४ सय अल नेट एसएमएस सेवा हुन्छ । जुन २८ दिनका लागि मान्य रहन्छ ।


विजेता घोषणाको जानकारी एसएमएस र एनसेल एपमार्फत दिइनेछ । पुर्वानुमान गरेको स्कोर, नतिजा वा अंक प्रतियोगीमाझ जुध्न गएमा विजेता गोला प्रथाको आधारमा छानिने छन् । प्रतियोगितामा सहभागीले विजयी टोली मिलाउन सफल भएमा ३ अंक र सही गोल अर्थात स्कोर मिलाउन सकेमा ५ अंक प्राप्त गर्छन् ।


यस पे्रडिक्ट एन्ड विन प्रतियोगितामा एनसेलका १८ वर्षभन्दा माथिका ग्राहकमात्र सहभागी हुन मिल्छ । इपिएल खेलहरुको पूर्वानुमान निश्चित खेलको हप्ताको पहिलो खेलभन्दा ३० मिनेट अगाडिसम्म मात्र गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया