खेलाडी महिलालाई खेलकुद सामग्री

समाधान संवाददाता २०८० भदौ २ गते १३:०४

पोखरा ।
राष्ट्रिय युवा संघ नेपाल बागलुङ जिल्ला कमिटीले महिला भलिबल खेलाडीहरूलाई खेलकुद सामग्री प्रदान गरेको छ । संघको केन्द्रीय कमिटी सचिवालय सदस्य तथा खेलकुद विभाग प्रमुख सम्पन्न श्रेष्ठले १५ हजार रुपैयाँ बराबरका खेलकुद सामग्री उपलब्ध गराएका हुन् ।


खेलकुद सामग्री हस्तान्तरण गर्दै नेकपा एमाले बागलुङ नगर कमिटी अध्यक्ष धनबहादुर परियारले खेलाडीहरूको स्वास्थ्यमा सहयोग हुनुका साथै खेलाडीहरूको स्तर वृद्धि गरी राष्ट्रिय स्तरमा खेल क्षेत्रलाई सहयोग पुर्‍याउने बताए ।


समारोहमा कमिटीका मुइथाइ खेलकुद संघका अध्यक्ष रवीन्द्र खड्काले खेलाडीहरूलाई खेल क्षेत्रले खेलाडीको आर्थिक स्तरमा सुधार साथै देशकै अर्थतन्त्रलाई टेवा पु¥याउने बताए ।

Advertisement


राष्ट्रिय युवा संघ नेपाल बागलुङका जिल्ला अध्यक्ष बुद्ध बोहोराले खेलकुदमा महिला सहभागिताको लागि थप सहयोग पु¥याउन खेलकुद सामग्री हस्तान्तरण गरेको सुनाए । खेल क्षेत्रमा उल्लेखनीय सुधारका लागि जिल्ला खेलकुद विकास समिति बागलुङ, बागलुङ नगरपालिका साथै सरोकारवाला निकायले पनि खेलकुद क्षेत्रमा प्रभावकारी रूपमा ध्यान पुर्‍याउनुपर्ने बताए । आगामी दिनमा राष्ट्रिय युवा संघ नेपाल ले युवाहरूलाई खेलकुद क्षेत्रमा प्रोत्साहन गर्न यस्तै अन्य कार्यक्रमहरू ल्याउने सुनाए ।

Advertisement

तपाईको प्रतिक्रिया