कालिगण्डकी तटीय क्षेत्रका बस्तीहरु सुरक्षित रहन पालिका र प्रशासनको अनुरोध

जोमसोम—मुस्ताङको कालिगण्डकी नदीको बाहव भयानक हुँदै गर्दा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र जिल्ला प्रशासन कार्यालय मुस्ताङले उच्च सर्तकता अपनाउन तटीय क्षेत्रका बस्तीलाई अनुरोध गरेका छ ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका—३ को ठाँडो नरसिंह खोला र वारागुङ मुक्तिक्षेत्र—४ को ग्रीन ताङ्वे र ताङ्वे गाउँको ठाँडो खोलाको बाहव अत्यधिक उच्च हुँदा कालिगण्डकी नदीको वाहव उच्च भएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिङझिङ नाम्ग्याल गुरुङले जानकारी दिए । उनले नरसिंह खोला र ताङ्वे खोलामा पहिरोसहितको भिषण बाढी आएको बताए ।
यता,जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रजिअ अनुप केसीले पनि कालिगण्डकी तटीय क्षेत्रका बस्तीहरुले उच्च सतर्कता अपनाउन अपिल गरेका छन् । उनले कालिगण्डकीका शाखा नदीको बाहव उच्च भएकाले कालिगण्डकीको स्वरुप भयावह भईरहेकाले आवश्यक सुरक्षा अपनाउन अनुरोध गरे ।
यसअघि साउन २८ गते अविरल वर्षासंगै कालिगण्डकी नदीको बाहव उच्च भएको थियो । सो समय पनि स्थानीय तह र प्रशासनले तटीय क्षेत्रका बस्तीलाई सुरक्षित रहन अनुरोध गरेको थियो ।







माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
राष्ट्रपति रनिङ शिल्डमा भलिबल छात्र तर्फ पोखरा युनाइटेड एकेडेमी प्रथम
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया