माओवादीमा इन्चार्ज हेरफेर

पोखरा ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले गण्डकी प्रदेशका ११ जिल्लामा इन्चार्ज तोकेको छ । माओवादी केन्द्र गण्डकी प्रदेशको शनिबार पोखरामा भएको सातौं पूर्ण बैठकले प्रदेश अन्तर्गतका पालिका तथा वडामा समेत नेताहरुको जिम्मेवारी यकीन गरेको हो ।
केन्द्रीय राजकाजी गुरुङ (करण) स्याङ्जा जिल्ला इन्चार्ज बनेका छन् । अर्का केन्द्रीय सदस्य दीपक कोइरालालाई गोरखा जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको छ । कास्कीमा नेत्रनाथ अधिकारी (हिमाल) इन्चार्ज बनेका छन् । उनी गण्डकी प्रदेशका पूर्वसभामुखसमेत हुन् ।
माओवादीले तनहुँमा शैलेन्द्र घिमिरे, लमजुङमा आशा खनाल, पर्वतमा बलावती शर्मा, मनाङमा बुद्धिराम गुरुङ, नवलपुर अमर तमु, बागलुङ गोविन्द पौडेल, म्याग्दीमा गुप्तबहादुर हमाल र मुस्ताङमा कपिल लामालाई इन्चार्जको जिम्मेवारी दिएको आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रदेश इन्चार्ज देवेन्द्र पौडेल (सुनील)ले जानकारी दिए ।
माओवादीले भदौ १६ देखि सञ्चालन गर्ने ३ महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’को पूर्वसन्ध्यामा नेताहरुको जिम्मेवारी हेरफेर गरेको हो । कास्कीको अन्नपूर्ण गाउँपालिका इन्चार्जमा परशुराम रम्तेल, मादीमा धना तमु र रुपामा सतिमाया गुरुङ छन् । माछापुच्छ्रे गाउँपालिका इन्चार्जको जिम्मेवारी जिल्ला इन्चार्जसमेत रहेका नेत्रनाथ अधिकारीले पाएका छन् ।
माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समेत गोरखाको एउटा वडामा खटिने भएका छन् । उनी माओवादी जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको वडा बारपाक सुलिकोट वडा नं. ८ मा पार्टीको अभियानमा खटिने गोरखा इन्चार्ज दीपक कोइरालाले जानकारी दिए ।









चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया