बेनी—जोमसोममा जताततै पहिरो

जोमसोम ।
अविरल वर्षाका कारण राष्ट्रिय गौरवको (बेनी—जोमसोम) ७६ किमी सडकका दर्जनौं स्थानमा पहिरो आएको छ । पाहिरोका कारण आइतबार बिहानदेखि सडक अवरुद्ध भएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका ५ वटै वडामा पहिरोले सडक अवरुद्ध भएको छ । मुस्ताङ र म्याग्दीको सीमाना काभ्रेभीरदेखि अन्नपूर्ण गाउँपालिकाको दाना स्थित नारच्याङ पुलसम्मको सडकमा ठाउँ ठाउँमा पहिरो खसेको बेनी जोमसोम सडकका सुपरभाइजर ईन्द्रसिंह शेरचनले जानकारी दिए ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको खाम भित्ता, गुईठे, जलथले, सुकेबगर, लाटा खोला, तितर रुप्से, काभ्रेभीर लगायतको करिब ३ दर्जन ठाउँमा साना ठूला पहिरो खसेका छन् । बेनी—जोमसोम सिधा यातायात सम्पर्क पहिरोको कारण अवरुद्ध भएको सुपरभाइजर शेरचनले बताए । सडक अवरुद्ध भएसँगै ठाउँ ठाउँमा सवारी साधन अड्किएर गन्तव्यमा नपाएर यात्रुहरु सकसमा छन् ।
निरन्तर सडकको पहिरो पन्छाइँदै छ । थप वर्षा नभए केही दिनमा सडक खुल्ने बताइएको छ ।
पहिरो पन्छाउउन ४ वटा सडक खन्ने डोजर परिचालन भएको सुपरभाइजर शेरचनले उल्लेख गरे । ‘बेनी—जोमसोम सडकको काभ्रेभीरदेखि दाना खण्डको ठाउँ ठाउँमा पहिरो खसेको छ, दुई ठाउँमा सडक स्टक्चर नै भाँस्सिएको छ,’ सुपरभाईजर शेरचनले भने, ‘हामी निरन्तर सडकको पहिरो पन्छाउन लागिरहेका छौं । सडक भाँसिएको स्थानमा ग्याबिन लगाएर सडक मर्मत गरिहेका छौं ।’
उनले फेरि वर्षा नभएमा पहिरो पन्छाएर अवरुद्ध सडक खोल्न केही दिन लाग्ने उल्लेख गरे । यसअघि (बेनी—जोमसोम) सडक खण्ड अन्तर्गत रघुगंगा गाउँपालिकाको बैसरीमा निरन्तरको पहिरोले१० दिनसम्म सडक अवरुद्ध भएको थियो । म्याग्दीको कमजोर भूबनोटका कारण बर्खा याममा बर्सेनि निरन्तर पहिरो खस्दा सडक अवरुद्ध हुने गरेको छ । चालु वर्ष साउनको पहिलो हप्तादेखि दर्जनौ पटक बेनी जोमसोम सडक खण्डमा पहिरो र नदी कटानले सडक बेस अवरुद्ध हुने गरेको छ ।
वर्षाका कारण मुस्ताङ जोड्ने राष्ट्रिय राजमार्ग जोड्ने सडक पटक पटक अवरुद्ध हुँदा मुस्ताङ आउजाउ गर्ने सवारी साधन, मालबाहक सवारी, पर्यटक र स्थानीय सास्ती भोग्न बाध्य छन् । वर्षाका कारण आएको बाढी, पहिरोले म्याग्दीको अन्नपूर्ण गाउँपालिका क्षेत्रमा दर्जनौं विद्युत पोलमा क्षति पुगेको नीलगिरी उपभोक्ता सहकारी संस्था अन्तर्गत जोमसोम विद्युत वितरण केन्द्रका प्रमुख सनप्रसाद थकालीले जानकारी दिए । विद्युत पोलमा क्षति भएसँगै मुस्ताङमा केन्द्रीय प्रशारण लाइन अवरुद्ध भएको छ ।









‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया