नुवारथोक टोलमा दामोदरको नेतृत्व

समाधान संवाददाता २०८० भदौ ४ गते १३:०६

पोखरा ।
नुवारथोक टोल विकास संस्था पोखरा ७ को शनिबार भएको साधारण सभा एवं चौथो अधिवेशनले दामोदर बरालको अध्यक्षतामा नयाँ नेतृत्व चुनेको छ । समितिको उपाध्यक्षमा बिना गौतम पौडेल, सचिव दामोदर पराजुली र कोषाध्यक्ष इन्दिरा बराल छन् ।

Advertisement


सदस्यमा श्रीराम थापा, रामचन्द्र देवकोटा, निर्मला अर्याल बराल, विष्णु पाण्डे, पार्वती पौडेल र शैलेस बराल छन् ।
कार्यक्रममा पोखरा ७ का वडाध्यक्ष राममोहन आचार्यले स्थानीय सरकार जनतालाई समृद्धि र सरकारको अनुभूति दिन योजनावद्ध रुपमा लागिपरेको बताए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पोखरा ७ उपशाखा सभापति भोजराज बराल, नेपाली कांग्रेस पोखरा ७ का सभापति नवीनराज बराल, सल्लाहकार रमाकान्त बराल, संस्थाका उपाध्यक्ष महाकाली बराल, कोषाध्यक्ष दामोदर पराजुली लगायतले बोलेका थिए ।

Advertisement


संस्थाका सल्लाहकार विष्णुप्रसाद बरालको संयोजकत्वमा डम्मरुराज बराल र सञ्जय पौडेल सम्मिलित समितिले निर्वाचन गराएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया