
पोखरा ।
अँधेरीकुनादेखि पोखरा सहरका विभिन्न क्षेत्र हुँदै फेवातालमा पुगेर मिसिने फिर्केखोलाको क्षेत्रमा थुप्रै भौतिक संरचना भेटिएका छन् । बगालेटोल सामुदायिक भवन फिर्के खोलाकै क्षेत्रमा पर्छ । फिर्केखोला अतिक्रमण गरेर खोलाको क्षेत्रभित्र १ सय ४७ वटा संरचना निर्माण भएका छन् । खोला अतिक्रमण गर्नेमा व्यक्तिगत भवनदेखि सामुदायिक भवन, विद्यालयका भवनसमेत छन् ।
महानगरले गठन गरेको सर्भेक्षक वासुदेव पौडेल नेतृत्व टोलीले गरेको फिर्के सीमाकंनबाट १ सय ४७ वटा संरचना खोला मिचेर निर्माण भएको भेटिएको हो । पौडेल नेतृत्वको टोलीले १ महिना लगाएर फिर्के खोलाको सिंमाकन गरेको थियो ।
सीमांकनका क्रममा फिर्केखोला अतिक्रमण गरेर व्यक्तिगतदेखि सामाजिक भवन, विद्यालयका भवन समेत बनाइएको भेटिएको सीमांकन टोलीका संयोजक पौडेलले जानकारी दिए । २५ वटा सामाजिक भवन र ३५ वटा पक्की घर व्यक्तिगत भवनले फिर्केखोला मिचेरको उनले सुनाए । ८७ वटा कच्ची घर पनि फिर्केखोला मिचेरै निर्माण भएको उनले जानकारी दिए । ‘करिब १ महिना लगाएर फिर्केखोलाको सीमांकन सक्यौं । सीमांकनका क्रममा १ सय ४७ वटा संरचना खोला मिचेर निर्माण गरेको भेटियो । १ हप्ताभित्र महानगरलाई प्रतिवेदन बुझाउँछौं,’ उनले भने ।
केही संरचना खोलाको बहाव क्षेत्रमै भेटिए, केही आंशिक रूपले खोला क्षेत्रमा छन् । मापदण्ड छुट्याउँदा अझ धेरै संरचना हटाउनुपर्ने देखिन्छ
वासुदेव पौडेल
संयोजक, सर्भेक्षण टोली
सीमांकन गर्न ५ सय ८४ पक्की पिलर गाडिएको छ । खोलाको दायाँबायाँ २ सय ४० जति चिह्न लगाइएको छ । सर्भेक्षक पौडेल नेतृत्वको सर्भेक्षण टोलीले साउन ३ गतेबाट खोलाको सीमांकन सुरु गरेको थियो ।
मापदण्ड छुटाउँदा अझ धेरै संरचना मापदण्ड बाहिर हुने सर्भेक्षक पौडेलले दाबी गरे । उनले भने, ‘केही संरचना पूरै खोलाको बहाव क्षेत्रमै भेटिए, केही भने आंशिक रूपले खोला क्षेत्रमा परेका छन् । बहाव क्षेत्रपछि मापदण्ड छुटाउँदा अझ धेरै संरचना हटाउनुपर्ने देखिन्छ ।’
महानगरको वडा नम्बर १८ को अँधेरीकुनादेखि वडा नम्बर १७ र ६ को संगम गौरीघाटमा पुगेर फिर्केखोला फेवातालमा मिसिन्छ । ८ किलोमिटर लम्बाइ रहेको फिर्केको बढीमा १५ मिटरदेखि ५ मिटरसम्मको फरकफरक चौडाइ छ । मानवीय अतिक्रमणबाट खुम्चिएर फिर्केखोला साँघुरो बनेको छ । चर्पीदेखि ढलसम्म मिसिएर डम्पिङ साइट बनेको छ ।
त्यसअघि पनि खोलाको पटक पटक सीमांकन र नक्सांकन भएका छन् । प्रतिवेदन पनि बनेका छन् । तर, ती प्रतिवेदन कार्यान्वयन नहुँदा फिर्के खोला बर्सेनि अतिक्रमणको चपेटामा परेको छ ।
२०६९ मा गुरुदत्त बरालको संयोजकत्वमा फिर्केखोलाको सीमांकन गरिएको थियो । बराल तत्कालीन समयमा क्षेत्रीय प्रसारणमा कार्यरत हुँदा सीमांकन समितिको संयोजक भएर सीमांकन गरेका थिए । बराल हाल जिल्ला प्रशासन कार्यालय कास्की सहायक प्रमुख जिल्ला अधिकारी छन् । बराल नेतृत्वको समितिले २०३२ सालको नापी नक्साका आधारमा खोलाको सीमांकन प्रतिवेदन तयार पारेको थियो ।
पोखरा महानगरका निवर्तमान मेयर मानबहादुर जिसीको पालामा पनि महानगरका इन्जिनियर महेन्द्र गोदारको संयोजकत्वमा फिर्के खोलाको सीमांकन गरिएको थियो । सो टोलीले खोलाको रेखांकन तथा सीमांकन प्रतिवेदन तयार पारेको थियो । सो प्रतिवेदनले फिर्केखोला मिचेर १ सय ९२ वटा संरचना बनेको देखाएको थियो । व्यवसायीदेखि सरकारी कार्यालय र राजनीतिक दलका नेताका घर तथा संरचना मापदण्डविपरीत बनेको प्रतिवेदनले उल्लेख थियो ।

रिखिराम जिसी
जिसी समाधान संवाददाता हुन्








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया