लम्पी स्किन महामारी घोषणा गर्न माग

पोखरा ।
अखिल नेपाल किसान महासंघले लम्पी स्किन रोगलाई महामारीको घोषणा गरी द्रुत गतिमा उपचार गरी रोगको नियन्त्रण गर्ने लगायतका मागलाई समेटेर कास्कीका सबै स्थानीय तहमा ज्ञापनपत्र बुझाएको छ । पछिल्लो समयमा पशु चौपायामा लागेको लम्पी स्किन रोग लगायतका किसानका मुद्दालाई समेटेर २३ बुँदे ज्ञापनपत्र बुझाएको किसान महासंघ कास्की अध्यक्ष सन्तोष भण्डारीले जानकारी दिए ।
‘रोगको कारण पशु चौपाया मरेर मारमा परेका किसानलाई राहत, क्षतिपूर्ति र पुनःस्थापना सहितको प्याकेज कार्यक्रम अविलम्ब घोषणा गरियोस्,’ ज्ञापनपत्रमा भनिएको छ, ‘मरेका पशुका बिमा भुक्तानी तत्काल गरियोस् ।’ ज्ञापनपत्रमा बाँदर लगायतका वन्य जन्तुले बालीमा क्षति पुर्याएका किसानलाई राहत प्याकेजको व्यवस्था मिलाउन माग गरिएको छ ।
हरेक पालिकाको नीति तथा कार्यक्रममा कुल बजेटको २० प्रतिशत रकम कृषिमा विनियोजन गर्न माग गरेको सचिव भण्डारीले बताए । स्थानीय सरकारलाई वास्तविक किसानका लागि आवश्यक अनुदान ब्याज, निशुल्क बिमा, औषधी उपचारको व्यवस्था, रासायनिक मल, उन्नत बीऊ विजनको सहज व्यवस्था मिलाउने कार्य गर्न किसान महासंघले आग्रह गरेको छ । उन्नत कृषक पाठशाला स्थापना अनुरोध गर्दै किसान महासंघले १ वडा, १ कृषि प्राविधिकको व्यवस्था गर्न माग गरेको छ । ज्ञापनपत्रमा किसानलाई वर्गिकरण तथा सुचिकृत गरी किसान कार्डको व्यवस्था गर्न माग गरिएको छ ।
ठाउँ ठाउँमा कृषि संकलन केन्द्रको व्यवस्था गर्न आग्रह गर्दै ज्ञापनपत्रमा स्थानीय पालिकामा किसान आयोग गठन गरी किसानको उचित व्यवस्थापन मिलाउन पालिकालाई ध्यानाकर्षण गराएको छ । बाँझो राखिएको जग्गालाई स्थानीय सरकारले नीति निर्माण गरी खेतीको लागि किसानलाई दिने व्यवस्था मिलाउन किसान महासंघको माग छ ।
अखिल नेपाल किसान महासंघ जिल्ला किसान महासंघ कास्की अध्यक्ष देवेन्द्रराज शर्माको नेतृत्वको टोलीले पोखरा महानगर पालिकाका उपमेयर मञ्जुदेवी गुरुङलाई ज्ञापनपत्र बुझाएको हो । किसान महासंघका केन्द्रीय सदस्य वीरेन्द्र भण्डारीेले प्रमुख प्रशासकीय अधिकृत सन्तोष ढुंगानालाई ज्ञापनपत्र प्रदान गरेका छन् ।
किसान महासंघका केन्द्रीय सदस्य ईन्दिरा आचार्यले मादीका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीलाई ज्ञापनपत्र बुझाइकी छन् । किसान महासंघ गण्डकी प्रदेशका कोषाध्यक्ष विष्णुप्रसाद सुवेदीले अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीलाई ज्ञापनपत्र बुझाएको किसान महासंघ कास्कीका सचिव भण्डारीले जानकारी दिए । कास्कीका सचिव भण्डारीको नेतृत्वमा गएको टोलीले माछापुच्छ्रे गाउँ पालिकाका अध्यक्ष मीनबहादुर गुरुङलाई ज्ञापनपत्र बुझाएको छ ।
किसान महासंघ गण्डकी प्रदेश कमिटी अध्यक्ष गोवद्र्धन गौलीले प्रदेशको अगुवाईमा सबै पालिकामा ज्ञापनपत्र बुझाउने बताए । उनले लम्पी स्कीन रोगलाई महामारीको घोषणा गरी द्रुत गतिमा उपचार गरी रोगको नियन्त्रण गर्ने लगायतका मागलाई समेटेर भदौ ७ गते गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई ज्ञापनपत्र बुझाइने बताए ।









भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
रिभानमा एक्यापको ३९औँ वार्षिकोत्सव, कृषि प्रदर्शनी र संरक्षणकर्मीलाई सम्मान
मंसिर महिनामा १२ हजार ४४२ जनामाथि ट्राफिक कारबाही
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया