दर्जनौं स्थानको पहिरो पन्छ्याएपछि बेनी—जोमसोम सडक संञ्चालनमा

समाधान संवाददाता २०८० भदौ ६ गते १०:३१

जोमसोम—अविरल बाढी,पहिरो र नदी कटानले अवरुद्ध राष्ट्रिय गौरवको ७६ किलोमिटर बेनी—जोमसोम सडक बुधबार बिहानदेखि संञ्चालनमा आएको छ ।पछिल्लो पटक योसडक शुक्रबारदेखि पहिरोका कारण अवरुद्ध भएको थियो ।कालिगण्डकी करिडोर अन्तर्गत निर्माण कम्पनीहरुको सडक खन्ने उपकरण परिचालन गरी पहिरो पन्छ्याएपछि बेनी—जोमसोम सिधा यातायात संञ्चालनमा आएको (बेनी—जोमसोम—कोरला) सडक आयोजना प्रमुख जगत प्रजापतीले जानकारी दिए ।
यसअघि अविरल वर्षासंगै बेनी—जोमसोम राष्ट्रिय राजमार्ग सडकको म्याग्दी खण्डमा झन्डै ४ दर्जन स्थान बाढी,पहिरो र नदी कटानले सडक अवरुद्ध हुँदै आईरहेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको खाम भित्तामा सडक बेसनै पहिरोले भाँसिएको थियो । अन्य स्थानको ठाउँ ठाउमा पहिरो खसेपछि म्याग्दी हुँदै मुस्ताङ जाने सवारी साधन गन्तब्यमा पुग्न सकेका थिए । सवारी साधनमा यात्रा गर्ने यात्रीहरु असहज अवस्थाको ठाउँ ठाउँमा हिडेर सवारी परिवर्तन गर्न बाध्य थिए । बाढी ,पहिरोका कारण विद्युत तथा संञ्चार सम्पर्क समेतमा क्षति पुगेको थियो । सडक अवरुद्ध हुँदा मुस्ताङमा खाद्यान्न,निर्माण सामाग्री र दैनिक उपभोग्य सामान ढुवानी गर्न अप्ठ्यारो परेको थियो । पहिरो पन्छ्याउने र सडक मर्मत गरेपछि बुधबार बिहानबाट अलपत्र सवारी साधन गन्तब्यमा प्रस्थान गरेको आयोजना प्रमुख प्रजापतीले उल्लेख गरे ।
निरन्तरको वर्षाले सडक माथिबाट पहिरो खसेपछि अन्नपूर्ण गापाको दाना,नारच्याङ,खाम भित्ता,तितर,गुईठे, जलथले,रुप्से,सुकेबगर र काभ्रेभीर लगायतका दर्जनौ स्थानमा सडक अवरुद्ध भएको थियो ।
बर्खायामको अविरल वर्षाले सडकमा क्षति पू¥याएपछि बेनी—जोमसोम सडक निकैकष्ठकर हुँने गरेको छ ।बेनी—जोमसोम सडक साउन ३० र ३१ गते दुई दिन सडक संञ्चालनमा आएपछि साउन २० गतेदेखि भदौ ५ गते मंगलबार सम्म सिधा सडक यातायात प्रभावित बनेको थियो । राष्ट्रिय राजमार्ग अन्तर्गत म्याग्दीको कमजोर धरातलीय भूबनोटका कारण बर्खायाममा निरन्तर सडक अवरुद्ध हुने गर्छ ।
बेनी—जोमसोम सडकको वैज्ञानिक अध्ययन नगरी सडक विस्तार गरिदा यो सडक यात्रु र सवारी साधानका लागि निकै जोखिम र चुनौतीपूर्ण छ । कतिपय जानकारहरुले बेनी—जोमसोम सडकको म्याग्दी खण्डको केही स्थानमा सडक एलाईमेन्ट परिवर्तन गर्न आवश्यक रहेको जनाएका छ । अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधिले बर्खायाममा म्याग्दी खण्डको सडक पटक पटक अवरुद्ध हुने भएकाले नारच्याङ हुँदै बैकल्पिक सडक मार्ग विस्तार गर्नुपर्ने उल्लेख गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया