मानार्थ सदस्यमा केशव मनोनीत

समाधान संवाददाता २०८० भदौ ६ गते १३:५६

पोखरा ।
बुद्व विशाल बजार व्यापारिक एसोसियसनको मानार्थ सदस्यमा केशबबहादुर खत्री मनोनीत भएका छन् । संस्थामा ३ कार्यकाल अध्यक्ष बनेर हालै नेतृत्व हस्तान्तरण गरेका खत्रीलाई नयाँ कार्यसमितिको पहिलो बैठकले मानार्थ सदस्य चयन गरेको हो ।

Advertisement


नव निर्वाचित अध्यक्ष ईन्द्रराज अर्यालले हालै खत्रीको कार्यकालमा बुद्व विशाल बजारले धेरै काम गरेको जनाउँदै उनको अभिभावकत्व सधै चाहिने जनाए । खत्रीले संस्थाले दिएको नयाँ जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिवद्धता गरे । यसअघि पूर्व अध्यक्ष सुदीप ढकाल मानार्थ सदस्य मनोनित भइसकेका छन् ।


बैठकले सल्लाहकारमा माधव सिग्देल, कानुनी सल्लाहकारमा जगन्नाथ ढकाललाई चुनेको छ । कार्यसमिति सदस्यमा ज्ञानेन्द्रमान श्रेष्ठ र दिनेश गुरूङ सदस्यमा मनोनित भएका छन् भने प्रवक्ताको जिम्मेवारी मनोहरि पौडेलले पाएका छन् ।
बैठकले महिला उपसमिति संयोजकमा ईन्द्रमाया गुरूङ, खेलकुद उपसमिति संयोजकमा कृष्ण कुवँर, उच्च स्तरीय समन्वय समिति संयोजकमा मानार्थ सदस्य केशवबहादुर खत्री छन् ।

Advertisement

तपाईको प्रतिक्रिया