कांग्रेसले सातै प्रदेशका पदाधिकारीको सम्मेलन पोखरामा गर्ने

समाधान संवाददाता २०८० भदौ ६ गते १३:५४

पोखरा ।
नेपाली कांग्रेसले सातै प्रदेशका पदाधिकारीको सम्मेलन पोखरामा गर्ने तयारी गरेकाे छ । कांग्रेस गण्डकी प्रदेशको संयोजनमा भदौ १६ र १७ गते प्रदेश सभापतिहरूको सम्मेलन हुन लागेको हो ।

Advertisement

सम्मेलनको उद्घाटन सभापति शेरबहादुर देउवाले गर्ने बताइएको छ । कार्यक्रमको औपचारिक निर्णय हुन बाँकी छ ८ गते पार्टी संगठनको बैठक बसेर औपचारिक निर्णय गरिने जनाइएको छ ।

तपाईको प्रतिक्रिया