र्‍यान्डम रिडर्समा रुपिन्द्र

समाधान संवाददाता २०८० भदौ ७ गते १३:२४

पोखरा ।
र्‍यान्डम रिडर्स सोसाइटीको भेलाले रुपिन्द्र प्रभावीको नेतृत्वमा सर्वसम्मत नयाँ समिति चुनेको छ । कार्यसमितिको उपाध्यक्षमा अनुपमणि अधिकारी र गौरी तमु, सचिव नेपालप्रकाश अधिकारी, कोषाध्यक्ष ध्रुव केसी र सहसचिव दीपक पराजुली छन् ।


सदस्यमा अमृत सुवेदी, रामजीप्रसाद आचार्य, विष्णु सुवेदी, बाबुराम सुवेदी, दुर्गा राना र एलिसा विक छन् । १ महिला सदस्यपछि थपिने सचिव अधिकारीले जानकारी दिए । समितिको पहिलो बैठकबाट सल्लाहकारमा पूर्व अध्यक्षत्रय गनेस पौडेल, उपेन्द्र पौडेल र केशवशरण लामिछाने तथा पूर्व कोषाध्यक्ष मीरा ढकाल चयन भएका छन् । सोही बैठकले निवर्तमान अध्यक्ष केशवशरण लामिछानेको संयोजकत्वमा हसिना बस्नेत र विजय भण्डारी सदस्य तथा संस्थाका अध्यक्ष र सचिव पदेन सदस्य रहेको पुस्तक छनोट समिति बनाएको छ ।


२०६७ मास्थापना भई पठन संस्कृतिको विकासका लागि काम गर्दै आएको र्‍यान्डमले कोरोनापछि स्थगित रहेको नियमित पुस्तक परिचर्चा सुरु गर्ने भएको छ । आगामी भदौ ३० गते शनिबार डा. नवराज केसीको कृति ‘शून्यको मूल्य’ माथि गणेश कार्कीले परिचर्चा गर्ने तय छ ।

Advertisement

तपाईको प्रतिक्रिया