काइन्डनेस क्लब मदरल्यान्डद्वारा राहत

समाधान संवाददाता २०८० भदौ ८ गते १७:४०

पोखरा ।

Advertisement

विद्यालय स्तरबाटै दया, माया र करूणाको भाव जागृत गर्ने उद्देश्यले सथापित काइन्डनेस क्लब मदरल्यान्डद्वारा पामे जामुनेचौर बसोबास गर्ने रोल्पाली परिवारलाई खाद्यान्न, स्टेसनरी तथा अन्य अत्यावश्यक सामग्री वितरण गरिएको छ ।


उक्त अवसरमा काइन्डनस क्लबका संयोजक श्रीकृष्ण परियार तथा अध्यक्ष जानवी गौचनले काइन्डनेस क्लबको उद्देश्यमाथि प्रकाश पारे । कार्यक्तममा वडा नम्बर २३ का वडा सदस्य दीपक पराजुली, टोल सुधार समितिका संयोजक तथा वडा सदस्य रीता सुनार, वन संरक्षक गणेशप्रसाद पराजुली तथा उद्योग वाणिज्य संघका परिचालक लक्ष्मी अधिकारी पनि सहभागी रहे । कार्यक्रममा कक्षा–८ मा पढ्ने विद्यार्थी तथा काइन्डनेस क्लब मदरल्यान्डका बाबुनानीहरू सहभागी भएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया