एमालेले न हिजो भ्रष्टाचार गर्यो, न भोलि गर्छ– महासचिव पोखरेल

पोखरा ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले विरुद्व गरिएका कुप्रचारको प्रतिवाद गर्न निर्देशन दिएका छन् । एमाले कुनै पनि कालखण्डमा कुनै खाले भ्रष्टाचारका काण्डमा संलग्न नभएको उल्लेख गर्दै भ्रष्टहरुले नै एमाले पनि हामी जस्तै हो भन्ने भ्रम छर्ने प्रयास गरेको बताएका छन् ।
शुक्रबार गण्डकी प्रदेशबाट पार्टीको केन्द्रीय समिति र निकायमा प्रतिनिधित्व गर्ने नेताहरुको पोखरामा सम्पन्न बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले असत्य प्रचार गरेर पार्टी विरुद्व कुप्रचार गर्दा कुनै पनि नेता कार्यकर्ता चुप लागेर बस्न नहुने बताए ।
‘यति, ओम्नी, वाइबडी, गोकर्ण, प्रिन्टिङ प्रेस, गिरीबन्धु जति पनि नाम लिएर एमालेको बदनाम गर्न खोजिएको छ ती सबैका फाइल खोलेर अनुसन्धान गर्न पार्टीले चुनौति दिएको छ, फाइल खोल्दैनन् केबल बदनाम मात्र गर्न खोज्छन् ।’ महासचिव पोखरेलले भने, ‘ढुक्कले जनतालाई बताउनुस, एमालेले न हिजो भ्रष्टाचार गर्यो, न भोली गर्छ ।’
उनले आगामी निर्बाचनमा एमाले एक्लैलाई पूर्ण बहुमत ल्याउने अवस्थामा पुराउने गरी काम गर्न पनि नेता कार्यकर्तालाई निर्देशन दिए । एमालेका नीति र कार्यक्रम जनताले बुझ्ने गरी बताउने हो भने ५१ प्रतिशत भन्दा बढी मत पाउने दावी पनि उनको थियो ।
विहीबार र शुक्रबार गरी २ दिनसम्म चलेको बैठक विभिन्न प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया