‘धराप’ पुलको जोखिम हट्यो

समाधान संवाददाता २०८० भदौ ९ गते १७:१८

पोखरा, ९ भदौ
केही समयदेखि जोखिम मोलेर यात्रा गर्र्दै आएका पोखरा महानगरपालिका ३२ का बासिन्दाका लागि पुल बनेको छ । पोखरा ३१ स्थित बडहरे जाने बाटोमा पर्ने अठारको डिलस्थित तालखोलामा ट्रस पुल निर्माण गरेपछि स्थानीयवासीको यात्रा सहज भएको हो । केही समयअघि भत्किएको धराप पुलमा स्थानीयहरु आवजजावत गर्न बाध्य भएका थिए । पक्की कल्भर्ट (ढलान गरिएको छोटो पुल) भत्किएपछि बडहरेका दुई सय घरधुरी र ब्रहृमरुपा माध्यमिक विद्यालयमा अध्ययन गर्ने ६० जनाभन्दा बढी विद्यार्थी तीन वर्षयता जोखिम मोलेर आवतजावत गर्दै आएका थिए । १८ मिटर लामो ट्रस प्रविधिको पुल निर्माण भएको पूर्वाधार विकास कार्यालय कास्कीका प्रमुख महेन्द्र बानियाँले बताए ।

Advertisement

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र पोखरा महानगरले सहयोगमा पुल बनेको हो । मन्त्रालयको ६० र महानगरको४० प्रतिशत सहयोगमा पुल निमार्ण सम्पन्न भएको हो । मन्त्रालयका अनुसार उक्त पुल बनाउन १० लाख लागतमा लागेको छ । पुलको स्ल्याबमाथि राखिएको बाँस र काठमा टेकेर स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए । बर्खायाममा तालखोलामा आउने बाढीका कारण खोला वारपार गर्न नसकिने र यात्रा गर्ने क्रममा नदीमा बस्ने स्थिति भएपछि स्थानीयले भौतिक मन्त्रालयलाई सूचना गरेको थियो । पुल करिब एक महिना लगाएर निर्माण गरिएको हो । गत आर्थिक वर्षमा पोखरा महानगरले पुल मर्मत गर्न बजेट व्यवस्थापन गरेपनि कार्यान्वयन भएको थिएन ।

Advertisement

तपाईको प्रतिक्रिया