सारुकका बुबा बरिष्ठ कलाकार सानु ताम्राकारको निधन

समाधान संवाददाता २०८० भदौ ९ गते १७:३६

पोखरा ।

Advertisement

वरिष्ठ कलाकार सानु ताम्राकारको उपचारको क्रममा निधन भएको छ । केही समयअघि छोरा गुमाएका ताम्राकारको शनिबार करिब ३ बजे उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको हो । गत असारमा कलाकार छोरा सारुक घरमा मृत फेला परेपछि सानु ताम्राकारको स्वास्थ्य अवस्था बिग्रिएको थियो । उनी साउनको दोस्रो हप्ता नर्भिक अस्पतालमा भर्ना भएका थिए ।


आईसीयूमा भर्ना भएका ताम्राकारको पछिल्लो समय किड्नीमा समेत समस्या देखिएको थियो । ताम्राकारको भोलि अन्त्येष्टि गर्ने तयारी गरिएको छ । थुप्रै चलचित्र तथा सिरियलमा अभिनय गरेका ताम्राकारले तीन वर्ष चलचित्र कलाकार संघको कार्यवाहक अध्यक्षसमेत बनेका थिए ।उनले ‘जीवन रेखा, बदलिँदो आकाश, निरमोही, जुन तारा, सुरक्षा, रगत, ज्वालामुखी, जीवन मृत्यु, मन मनै मन पराए, अभियान, पल, ग्याम्लर, भूँइमान्छे, मेरी मामु’ लगायतका फिल्ममा काम गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया