लेखनाथ उद्योग वाणिज्य संघमा उम्मेदवारी दर्ता

लेखनाथ ।
लेखनाथका उद्योगी, व्यवसायीको छाता संगठन लेखनाथ उद्योग वाणिज्य संघको अधिवेशन भदौ २२ र २३ गते हुँदै छ । संघको नयाँ नेतृत्व चयनका लागि हुन लागेको १४ औं महाधिवेशनका लागि शनिबार उम्मेदवारी भएको छ ।
निर्वाचनको कार्यतालिका अनुसार शनिवार आकांक्षीहरुले उम्मेदवारी दर्ता गराएका छन् । राजनीतिक आस्थाका आधारमा स्पस्ट रुपमा २ समूह चुनावी मैदानमा आएका छन् । यस पटक पनि संस्थापन पक्षको वर्चश्व कायम गर्नका लागि वर्तमान कार्यसमितिका पदाधिकारीले एक तह वढुवा हुने गरी उम्मेदवार दिने चर्चा चलिरहदा अन्तिममा सहमति नहुँदा २ समूह बनेका छन् ।
संस्थापन पक्षको प्रतिनिधित्व गर्दै वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । उनले आफ्नो प्यानल नै खडा गरेका छन् । संघमा कार्यसमिति सदस्य हदै महासचिवको भूमिकासम्म पुगेका भरतकुमार अधिकारी अर्काे समूह बनाएर प्रतिस्पर्धामा आएका छन् ।
संघ व्यावसायिक हकहितका लागि काम साझा मञ्च हो । संघको उद्देश्यविपरीतसंघको निर्वाचनमा यो पटक अझ बढी राजनीतिक प्यानल देखिएको छ । श्रेष्ठले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवारलाई समेटेर टिम बनाएका छन् भने अधिकारीले नेपाली कांग्रेस निकटको सर्मथनमा केही सक्रिय राजनीति नगरेकालाई समेटेर समूह बनाएका छन् ।
यता, एक तहमाथि उक्लिदै वर्तमान कार्यसमितिका प्रथम उपाध्यक्ष राजेन्द्र ओझाले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् भने उनको प्रतिस्पर्धा पूर्व कार्यसमिति सदस्य ऋषिराम जमरकट्टेलसँग हुँने भएको छ । ओझा र जमरकट्टेल दुवै राजनीतिक रुपमा नेकपा एमाले निकट भए पनि फरक समूहबाट चुनावी मैदानमा आमनेसामने उत्रिएका हुन् ।
प्रथम उपाध्यक्ष पदमा वर्तमान द्वितीय उपाध्यक्ष गोपिचन्द्र बास्तोला र वर्तमान महासचिव उपेन्द्रराज सुवेदी (राजु) बीच चुनाव हुने भएको छ भने द्वितीय उपाध्यक्षमा वर्तमान कार्यसमिति सदस्य विक्रम कर्माचार्य र पूर्व कार्यसमिति सदस्य मेनुका श्रेष्ठको उम्मेदवारी परेको छ ।
यता, महासचिव पदमा वर्तमान उपमहासचिव जानुका पराजुली अधिकारीले उम्मेदवारी दिएकी छन् । उनीसँग वर्तमान कार्यसमिति सदस्यसमेत रहेका जीवन तिवारीको प्रतिस्पर्धा पक्का भएको छ । उप महासचिव पदमा वर्तमान कोषाध्यक्ष भरतराज ओझा र पूर्व कार्यसमिति सदस्य भीमबहादुर सार्की ‘काइँला’ले उम्मेदवारी दर्ता गराएका छन् । संघको कोषाध्यक्ष पदमा वर्तमान कार्यसमिति सदस्य ध्रुवबाबु भट्टराई (आइडी) र पुष्पमणि भण्डारीको उम्मेदवारी परेको छ ।
एक एसोसियन सदस्य पदका लागि प्रेमप्रसाद शर्माको मात्र उमेदवारी परेको छ । शर्मा विद्यालय सञ्चालक तथा कास्की प्याब्सनका पूर्वअध्यक्ष समेत हुन् । १ संस्थागत सदस्य पदका लागि विजय गुरुङ र कुलप्रसाद रानाभाटको उम्मेदवारी दर्ता भएको छ ।
यता, खुला ८ सदस्यका लागि २ समूहका ८/८ जना गरी १६ जनाको उम्मेदवारी परेको छ । जसमा अर्जुन भण्डारी, भविन्द्र पुन, भरत थापा, भुवानीप्रसाद पौडेल, विजय न्यौपाने, विन्दुचन्द्र बराल, वीरेन्द्र बानियाँ, वीरेन्द्रराज भुर्तेल, गंगाकुमारी मल्ल, हरि बस्ताकोटी, खेमराज बराल, कृष्णप्रसाद सुवेदी, लक्ष्मीप्रसाद ढुंगाना (एलपी), राजनकल्याण बडगामी, सूर्यप्रकाश ढुंगाना (एसपी) र टीकाराम सापकोटाको उम्मेदवारी परेको छ ।
२ महिला सदस्य पदका लागि जमुना गिरी, प्रतीक्षा रानाभाट, प्रभाकुमारी पौडेल लामिछाने र सुमित्रा बञ्जराको उम्मेदवारी रहेको छ । संघको १४ औं महाधिवशेनका लागि २३ गते हुने निर्वाचनमा कुल १ हजार ८ सय ६६ मतदाता छन् ।
तपाईको प्रतिक्रिया