प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई काठमाडौंमा आवास
काठमाडौं ।
ललितपुरको भैंसेपाटीमा बनेका सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखको आवास आइतबार हस्तान्तरण गरिएको छ । ठेक्का सम्झौता भएको ४ वर्षमा आवास निर्माण भएका हुन् ।
हाल अपार्टमेन्टमा बस्दै आएका मुख्यमन्त्री र प्रदेश प्रमुखहरु अब भैंसीपाटी आवासमा बस्ने छन् । गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे आवासको चाबी बुझेका छन् ।
विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका प्रमुख आयोजना निर्देशक मचाकाजी महर्जनले सोमबारबाट मुख्यमन्त्री र प्रदेश प्रमुख सरकारी आवासमा सर्ने दिए । अब बासस्थानको व्यवस्थापन सम्बन्धित प्रदेशहरुले नै हेर्ने छन् ।
केसी–समानान्तर जेभीले ७२ करोड ४७ लाखमा यी भवन बनाएको हो । भैँसेपाटीमा २७ रोपनी १२ आनामा निर्माण गरिएका ७ भवनमा १४ ब्लक छन् । जसमा प्रदेश प्रमुख र मुख्यमन्त्रीको सम्पर्क कार्यालयसमेत छन् । प्रत्येक ब्लकमा दुईवटा इकाई छन् ।
एउटा प्रदेश प्रमुख र अर्को मुख्यमन्त्रीका लागि बनाइएको हो । सबै भवन तीन तलाका छन् । यसअघि प्रदेश प्रमुख र मुख्यमन्त्री काठमाडौं आउँदा केन्द्र सरकारले अपार्टमेन्टमा मासिक झण्डै ९ लाख रुपैयाँ भाडा तिरेर व्यवस्था गर्ने गरेको थियो ।









गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
स्याङ्जा आरुचौर एकता समाजको अध्यक्षमा पौडेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया