महादेव मूर्ति निर्माणका अभियन्ता बराल सम्मानित

पोखरा ।
लायन्स क्लब अफ इन्टर नेसनल डिस्ट्रिक ३२५ ‘जे’ नेपालले पोखरा २२ पुम्दीकोटस्थित विशाल महादेवको मूर्ति निर्माणका अभियन्ता चन्द्रकान्त बराललाई सम्मान गरेको छ । डिस्ट्रिकमा आवद्ध लायन्स क्लब अफ पोखरा अन्नपूर्णसहितका पोखरा शीतलचौतारी, पोखरा अन्नपूर्ण नाइस, मर्दी हिमाल र पोखरा सराङकोटको सपथ ग्रहण तथा संयुक्त पदस्थापन कार्यक्रममा डिस्ट्रिक गभर्नर हरिप्रसाद मरहट्टाले बराललाई ताम्रपत्र, दोशल्ला र सम्मानपत्र प्रदान गरे ।
गरिमा विकास बैंकका पूर्व अध्यक्षसमेत रहेका बराल पुम्दीकोट विशाल महादेवको मूर्ति स्थापनाका प्रमुख सूत्रधार हुन् । लायन्स क्लब अफ पोखरा फिस्टेलका पूर्व अध्यक्षसमेत रहेका बरालले दर्जनौं सामाजिक संघ, संस्थाको नेतृत्व गरिसकेका छन् । बराल २०४० देखि पोल्ट्री व्यवसायमा आवद्ध छन् ।
डिस्ट्रिक गभर्नर मरहट्टाले ४ दशकदेखि विभिन्न व्यसायसँगै समाज सेवामा सक्रिय बरालले पुम्दीकोटमा करोडौं लगानीमा विशाल महादेवको मूर्ति निर्माण गरेर नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास गरेकोमा प्रशंसा गरे । उनले समाजसेवी बरालको अगुवाइमा महादेवको मूर्ति निर्माण भएसँगै पोखरामा नयाँ पर्यटकीय गन्तव्य थापिएको बताए ।
४ दशकदेखि व्यसायसँगै समाजसेवामा सक्रिय चन्द्रकान्त बरालले पुम्दीकोटमा करोडौं लगानीमा विशाल महादेव मूर्ति निर्माणको अगुवाइ गरेका छन्
उनले भने, ‘एउटा व्यक्तिको योजनामा पुम्दीकोट समग्र पोखरा क्षेत्रकै महत्वपूर्ण धार्मिक एवं पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ । महादेवको विशाल मूर्ति र अन्य पूर्वाधार निर्माणसँगै पोखरा भित्रिने पर्यटकको रोजाइको क्षेत्रमा पर्न थालेको छ । मूर्ति निर्माणले स्थानीय र समग्र पोखराको पर्यटन विकासमा कोसेढुंगा सावित हुँदै छ ।’ गभर्नर मरहट्टाले बराल लायन्सकै पूर्व अध्यक्ष भएको बताउँदै लायन्स सदस्यको अगुवाइमा करोडौंको परियोजनाले मूर्तरुप लिँदा गौरवको अनुभूति भएको उल्लेख गरे ।
सम्मानित व्यक्तित्व एवं पुम्दीकोट विशाल महादेव मूर्ति निर्माण समितिका संयोजक बरालले आपूmलाई लायन्स लगायत संघ, संस्थाले गरेको सम्मानले समाजसेवामा लाग्नका लागि थप प्रेरणा थपेको बताए । उनले यस ठाउँमा महादेवको विशाल मूर्ति निर्माण गरेर पोखरा क्षेत्रमा नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने आफ्नो योजनामा विभिन्न दाताहरुको सहयोगले सम्भव भएको बताए ।
परियोजना सफल बनाउन आफू ८ वर्षदेखि व्यवसाय त्यागेर पूर्णरुपमा लागिरहेको अध्यक्ष बरालले उल्लेख गरे । बरालले २०५२ सालमा त्यस ठाउँमा विशाल महादेवको मूर्ति बनाउन रातमा सपना देखिएपछि यो परियोजना बनाउने योजना बताएको सुनाए ।
‘२०५२ मा राति यस ठाउँमा महादेवको विशाल मूर्ति बनाउनुपर्ने सपना देखेँ । त्यस रातको सपनापछि २० करोडको लागतमा भीमकाय विशाल महादेवको मूर्ति निर्माण गर्ने योजना बनाएँ,’ उनले भने, ‘सरकारका मन्त्रालयदेखि विभिन्न संघ, संस्था र व्यक्तिहरुसँग सहयोगका लागि हात फैलाएँ । मूर्ति निर्माणका लागि सहयोग जुटाउन महापुराण लगाएर रकम जोहोको सुरुआत गरियो । महापुराणबाट संकलित रकमसँगै विभिन्न उद्योगी, व्यवसायी, समाजसेवी लगायतको सहयोगमा पूर्वाधार निर्माण यो अवस्थामा आइपुगेको छ । अब, झण्डै १ करोड रुपैयाँ ऋण तिर्न बाँकी छ ।’
अध्यक्ष बरालले आर्थिक पारदर्शिता र मितव्ययीतता देखेर नै दाताहरुले करोडौंको सहयोग गरेकाले परियोजनाले सफलता पाएको उल्लेख गरे । लायन्स डिस्ट्रिक ३२५ ‘जे’ नेपालका निवर्तमान गभर्नर एवं लायन्स अन्नपूर्णका पूर्व अध्यक्ष ध्रुव श्रेष्ठले समाजसेवी एवं महादेव मूर्ति निर्माणका परिकल्पनाकार बराललाई सम्मान गर्न पाउँदा गौरवान्वित भएको बताए ।
समाजमा अतुलनीय र अनुकरणीय कार्य गर्दै आएका बरालप्रतिको सम्मानले समाज सेवा गर्नेप्रति प्रेरणा थप्ने उनले विश्वास व्यक्त गरे । बराललाई सम्मान गर्ने अन्नपूर्ण लायन्स क्लब यस क्षेत्रको समाज सेवामा अग्रणी क्लबका रुपमा परिचित छ । अन्नपूर्णका पूर्व अध्यक्ष अर्जुन पोखरेलका अनुसार क्लबले विश्वका विभिन्न राष्ट्रमा रहेका क्लबको समन्वयमा नेपालका विभिन्न क्षेत्रमा सामुदायिक विद्यालय भवन, खानेपानी ट्यांकी, पुस्ताकालय, वार्षिक दर्जनौं छात्रवृत्ति, विदेशी तथा स्वदेशी चिकित्सकको समन्वयमा बर्सेनि निशुल्क स्वास्थ्य शिविर, अक्षयकोष सञ्चालन लगायत सेवा गर्दै आएको छ ।
गभर्नर तथा पदस्थापना अधिकृत मरहट्टाले ६ क्लबका लायन वर्ष २०२३/०२४ का अध्यक्षहरुलाई सपथ ग्रहण गराएका थिए । डिस्ट्रिकका प्रथम भाइस गभर्नर मिलन थापाले लायन्सका नयाँ सदस्यलाई सपथ ग्रहण गराएकी थिइन् । कार्यक्रममा पूर्व गभर्नर ध्रुव थापा, मल्टिपल चियर पर्सन प्रेमबहादुर श्रेष्ठ, अग्रज लायन्स अर्जुन बञ्जारा लगायतले लायन्स क्लबले सामाजिक क्षेत्रमा गरेका कामका चर्चा गरेका थिए ।









गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
स्याङ्जा आरुचौर एकता समाजको अध्यक्षमा पौडेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया