आर्वा मणिदीपमा शिविर

समाधान संवाददाता २०८० भदौ ११ गते १३:०२

पोखरा ।
पोखरा १३ आर्वामा आयोजित १ दिने निशुल्क स्वास्थ्य शिविरमा १ सय ५० जनाले सेवा लिएका छन् । नागेश्वर महादेव मन्दिर विकास समितिको आयोजना र अन्नपूर्ण आयुर्वेदिक क्लिनिक पोखरा १२ शीतलादेवीको प्राविधिक सहयोगमा शिवर भएको हो ।

Advertisement


शिविरमा पाइल्स, फिस्टुला, कब्जियत, मधुमेह, थाइराइड्, प्रेसर, युरिक एसिड, ग्यास्टिक, प्रसूति लगाएतका समस्या भएका बिरामीले सेवा लिएको डा ज्योति ठाकुरले बताइन् । विरामीको उपचारसहित निशुल्क औषधी पनि प्रदान गरेको र कतिपय जटिल समस्या भएकालाई अस्पतालमै उपचार आवश्यक भएको उनले सुनाइन् ।


शिविर संयोजक शिवराज बरालले धार्मिक गतिविधिबाहेक गाउँ ठाउँमा अझै पनि स्वास्थ्य उपाचारबारे मानिस सचेत नहुने भएकाले कार्यक्रम गरिएको बताए । समितिका अध्यक्ष विष्णुप्रसाद बरालले महाप्रभुधामसहित नागेश्वर शिव मन्दिरको धार्मिक, एतिहासिक र पर्यटकिय महत्व बोकेको स्थल भएकाले यस्को विकासका लागि सबै निकायसँग पहल भइरहेको उल्लेख गरे ।

Advertisement

तपाईको प्रतिक्रिया