दोलखा समाजमा धनबहादुर

समाधान संवाददाता २०८० भदौ ११ गते १३:०६

पोखरा ।
दोलखाबाट पोखरा आएर स्थायी र अस्थायी रुपमा बसोबास गरेका दोलखालीहरूको संस्था दोलखा पोखरा मिलन समाजको ११ औं अधिवेशन तथा २२ औं वार्षिक साधारण सभा शनिबार ब्याम्बो क्याटरिङ ड्याम्साइडको सभाहलमा सम्पन्न भयो ।

Advertisement


कार्यक्रमको दोस्रो सत्रले धनबहादुर खड्काको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समितिको समेत चयन भएको छ । संस्थाको अध्यक्ष नारायणकृष्ण श्रेष्ठको अध्यक्षतामा र संस्थापक अध्यक्ष यादव बस्नेतको प्रमुख आतिथ्यतामा भएको उक्त कार्य क्रममा विशेष अतिथि इन्सेक गण्डकी प्रमुख शिव खकुरेलले कार्यक्रमको सफलताको शुभकामना मन्तव्य राखे ।


उक्त कार्यक्रममा कोषाध्यक्ष खुसबहादुर खड्काले आर्थिक प्रतिवेदन र संस्थाका साचिव कमल बस्नेतले प्रगति विवरण प्रस्तुत गरे ।

Advertisement

तपाईको प्रतिक्रिया