भुटानको ड्रुक एयरले पाेखरा उडान गर्ने
समाधान संवाददाता
२०८० भदौ ११ गते १३:४१

पोखरा ।
भुटानको ड्रुक एयरले भदौ २३ गते देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने भएको छ । भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट ड्रुकले ९ सेप्टेम्बर अर्थात भदाै २३ गतेदेखि पारोबाट पोखरा उडान गर्न अनुमति पाएको हो ।
यो चार्टर्ड उडान हुने नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । उनका अुनसार यो जहाज पोखराबाट पारो नै उड्नेछ । यहाँ न्यारोबडी जहाजले उडान गर्नेछ ।
गत वर्ष पुसमा उद्घाटन भएको विमानस्थलमा असार ६ गते चिनकाे सिचिआन एयरलाइन्सले अन्तर्राष्ट्रिय व्यवसायिक चार्टर्ड उडान गरेकाे थियाे । अन्य उडान भने आन्तरिक मात्र भइरहेका छन् ।
सम्बन्धित








वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया