रोकियो कांग्रेस पदाधिकारी सम्मेलन
पोखरा ।
नेपाली कांग्रेसका सातै प्रदेशका पदाधिकारीको सम्मेलन स्थगित भएको छ । सभापति शेरबहादुर देउवाले पोखरा आउन नभ्याउने बताएपछि भदौ १६ र १७ गतेका लागि तय भएको प्रदेश पदाधिकारीको सम्मेलन हालका लागि स्थगित गरिएको कांग्रेस गण्डकी महामन्त्री विष्णु लामिछानेले जानकारी दिए ।
सम्मेलन उद्घाटन पार्टी सभापति देउवाले गर्ने तालिका थियो । तर, उनले समय नमिल्ने भनेपछि निर्धारित सम्मेलन स्थगित भएको हो । ‘भर्खरै सभापतिज्यूले फोन गरेर समय नमिल्ने भन्नुभयो, हालका लागि सम्मेलन स्थगित गरिएको छ, यसै महिना गर्ने हाम्रो तयारी छ,’ महामन्त्री लामिछानेले भने ।
प्रदेशले गरेका कामबारे अनुभव आदानप्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको थियो । सम्मेलनले प्रदेशहरूको समन्वयात्मक भूमिका बढाउने विश्वास गरिएको छ । सम्मेलनमा एउटा प्रदेशबाट १० पदाधिकारीका दरले सहभागी हुने तय भएको थियो ।








टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया