वामपन्थी नेता बरालको निधन

समाधान संवाददाता २०८० भदौ १२ गते १५:१५

पाेखरा ।

Advertisement

वामपन्थी नेता एवं अग्रज मानवअधिकारवादी टेकनाथ बरालको मंगलबार निधन भएको छ । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो उनको निधन भएको हो ।


नेपाल कम्युनिस्ट पार्टीका नेता पुष्पलालसँग लामो समय काम गरेका बराल २०४६ सालको जनआन्दोलनमा वाममोर्चाको तर्फबाट गण्डकी क्षेत्रका कमान्डर थिए । पछिल्लो समय कुनै कम्युनिस्ट दलमा आवद्ध नभए पनि उनी कम्युनिस्ट आचरण, सिद्धान्त र रुपान्तरणको वकालत गर्थे ।

Advertisement


माओवादी सशस्त्र विद्रोह र दोस्रो जनआन्दोलनका बेला मानवअधिकारीवादीको रुपमा उनले उल्लेख्य भूमिका निर्वाह गरेका छन् । उनी बराल राष्ट्रिय सम्पदा तथा जनाधिकारी संरक्षण समिति नेपालका संस्थापक अध्यक्षसमेत हुन् । संस्थाका अध्यक्ष सुनील पाण्डेले सम्पदा संरक्षणको आन्दोलन, मानवअधिकारको क्षेत्र र राजनीतिक परिवर्तनको अगुवाई गर्ने एक अथक योद्धा गुमाएको उल्लेख गरे ।


उनको जन्म १९९६ साल जेठ ५ गते भएको थियो । उनको परिवारमा श्रीमती, छोरा, तीन छोरी र नातिनातिना छन् ।

Advertisement

तपाईको प्रतिक्रिया