सामाजिक अनुशासनमा रहि तीज मनाउन प्रशासनकाे आग्रह

समाधान संवाददाता २०८० भदौ १२ गते १६:१४

पोखरा ।

Advertisement

हिन्दु महिलाहरुको महान पर्व हारितालिका तीज नजिकिँदै छ । तिजका नाममा परम्परा र रितिरिवाज बाहिर रहेका तडकभडक, भड्कीला कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालय कास्कीले अनुरोध गरेको छ । यदि यस्तो कार्य गरेमा कानून बमोजिम कारवाही गरिने समेत कास्की प्रशासनले बताएको छ ।

आफ्नो परम्परा, सामाजिक रितिरिवाजलाई निरन्तरता दिने र सम्वर्द्धन गर्ने बाहेक अन्य कुनै पनि खालका खर्चिला तथा भड्किला कार्यक्रम तथा क्रियाकलापहरु सञ्चालन नगर्न कास्की प्रशासनले अनुरोध गर्दै तिजको अवसरमा सार्वजनिक स्थल पार्टी प्यालेसमा रकम संकलन गर्ने उद्देश्यले मेला, महोत्सव जिल्ला प्रशासन कार्यालयको पूर्व स्वीकृती बिना आयोजना नगर्न आग्रह गरेको छ ।

Advertisement

यदि त्यस्ता गतिविधि जात्रा, मेला, महोत्सव, पार्टी जस्ता कार्यक्रमहरु गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने प्रशासनले मंगलबार जारी गरेकाे सूचनामा उल्लेख गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया