एसोसियट सदस्यमा सुवेदी निर्विरोध

समाधान संवाददाता २०८० भदौ १३ गते १०:४०

लेखनाथ ।
लेखनाथ उद्योग वाणिज्य संघको एसोसियट सदस्यमा प्रेमप्रसाद शर्मा निर्विरोध भएका छन् । भदौ २२ र २३ गते हुने संघको १४ औं अधिवेशनका लागि एसोसियट सदस्यमा शर्माको मात्र उम्मेदवारी परेको हो ।

Advertisement


मंगलबार अन्तिम नामावली प्रकाशन भएको र शर्माको एकल उम्मेदवारी र उनीविरुद्ध कुनै दावी, विरोध नपरेपछि निर्वाचन आयुक्त अधिवक्त खगेन्द्रराज आचार्यले सुवेदी निर्विरोध भएको जनाए । संघमा एसोसियटतर्फ ५० सदस्य छन् ।
सुवेदीले गोल्डेन नेचर बोर्डिङ स्कुल प्रालिबाट प्रतिनिधित्व गरेका हुन् । उनी हाम्रो गौरव सहकारी र प्याब्सन कास्कीका पूर्वअध्यक्षसमेत हुन् ।


निर्वाचनबाट १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिने भए पनि अब १८ पदका लागि मात्र चुनाव हुनेछ । ती पदमा ३६ जनाको उम्मेदवारी कामयै भएको छ । संघमा राजनीतिक आस्थाका आधारमा स्पस्ट रुपमा २ समूह मैदानमा छन् । संस्थापन पक्षको प्रतिनिधित्व गर्दै वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठ र इतरबाट अहिलेका महासचिव भरतकुमार अधिकारी प्यानलसहित मैदानमा छन् ।

Advertisement

तपाईको प्रतिक्रिया