वातावरणमैत्री झोला बनाउने तालिम सुरु

समाधान संवाददाता २०८० भदौ १३ गते १२:५२

स्याङ्जा ।
युनाइटेड कम्युनिटी नेपाल (युनिकन) ले होप फर चिल्ड्रेनको सहयोगमा फेदीखोला गाउँपालिका वडा नम्बर १ रामकोट, स्याङ्जामा ४५ दिने ‘वातावरणमैत्री झोला बनाउने तालिम’सुरु भएको छ ।

Advertisement


तालिम शुभारम्भ कार्यक्रममा फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले तालिमलाई तालिमको रुपमा मात्र नभई व्यवसायिक रुपमा अगाडि बढाउनुपर्ने र आवश्यक बजार व्यवस्थापनको लागि गाउँपालिकाले सहयोग गर्ने बताए ।
फेदीखोला गाउँपालिका वडा नम्बर १ का अध्यक्ष अमृत क्षेत्रीले सीप तथा दक्षता आजको आवश्यकता भएकाले यस अवसरलाई कसरी अधिकतम सदुपयोग गर्न सकिन्छ भन्ने कुरामा सहभागीहरुले ध्यान दिनुपर्ने विचार राखे ।


कार्यक्रमको उद्देश्य प्रष्ट पार्दै युनिकनका कार्यकारी निर्देशक विनोद न्यौपानेले धेरै चरणको छलफल पछि महिला दिदीबहिनीहरुको माग अनुसारको कार्यक्रम सञ्चालन गरिएको बताए । उनले महिला दिदीबहिनीहरुको सीप विकास हुनुका साथै आत्मनिर्भर बन्न सहयोग पुर्‍याउने र यस कार्यक्रमको प्रभावकारिता उल्लेखनीय रहेको तथा बजार व्यवस्थापनमा समेत सहज हुने सुनाए ।

Advertisement


कार्यक्रममा सहभागीको तर्फबाट रामकोट आमा समूहको अध्यक्ष पूर्णसुभा रामदामले सीप सिकेपछि व्यावसायिक रुपमा अगाडि बढ्न सहभागीहरु उत्साहित भएको बताए । कार्यक्रममा फेदीखोला गाउँपालिका वडा नम्बर १ को रामकोटबाट २७ जना दिदीबहिनीहरुको सहभागिता छ । तालिममा प्रशिक्षक सोनिया थापा मगर छन् । कार्यक्रमको अध्यक्ष रामकोट टोल सुधार समितिका अध्यक्ष टकबहादुर गुरुङले गरेका थिए । सञ्चालन नवीना गुरुङले गरेकी थिइन् ।

Advertisement

तपाईको प्रतिक्रिया