व्यासमा घरबाटै घरनक्साको काम अनलाइनबाटै

दमौली ।
तनहुँको व्यास नगरपालिकाले सेवागाहीलाई सहज गराउन ‘व्यास डट घरनक्सा नेपाल डटकम’ अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । सेवागाहीलाई घरबाटै आफनो घरनक्सा सम्बन्धीको विवरण जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको नगरपालिकाको भवन नियमन तथा घरनक्सा पास शाखाका इन्जिनियर प्रवीण कैनीले जानकारी दिए ।
‘घर निर्माण गर्दा नगरपालिकाबाट प्रदान गरिने घरनक्सा सम्बन्धी कामकारबाही के कति भएको छ भने घरबाटै थाहा हुनेछ,’ उनले भने, ‘योसँगै उक्त कामका लागि सेवागाहीलाई नगरपालिका धाइरहनु पर्दैन ।’ उनका अनुसार नगरपालिकामा घरनक्सा दर्ता गरिसकेपछि आफनो फाइल कोड पाउन सकिन्छ । उक्त फाइलकोड वेबसाइटमा गएर लगइन गरेपछि आफ्नो फाइलको प्रक्रियागत जानकारी थाहा पाउन सकिन्छ ।
‘आफनो घरनक्साको फाइलको प्रक्रिया थाहा पाउनुको साथै आफनो कागजात हेर्न तथा डाउनलोड गर्न सकिन्छ,’ कैनीले भने । निकट भविष्यमा कागजगात रहित डिजिटल सेवा प्रदान गर्ने उद्देश्यले अनलाइन सेवा सुरु गरिएको नगर प्रमुख वैकुण्ठ न्यौपानेले बताए । ‘नगरपालिकालाई पूर्णरुपमा डिजिटिल बनाउन नगरपालिकाले नितिगत रुपमै अगाडि बढेको छ,’ उनले भने ।








गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
स्याङ्जा आरुचौर एकता समाजको अध्यक्षमा पौडेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया