आज समाजवादी मोर्चाको सभा

पोखरा ।
समाजवादी मोर्चा गण्डकी प्रदेश संयोजन समितिको संयोजकको जिम्मेवारी गायत्री गुरुङले पाएकी छन् । मोर्चामा आवद्ध दलहरुबीच आलोपालो नेतृत्व गर्ने सहमति अनुरुप पहिलो पटक गुरुङले नेतृत्व पाएकी हुन् । उनी नेकपा (माओवादी केन्द्र) गण्डकी अध्यक्ष हुन् ।
मोर्चा सदस्यमा माओवादी केन्द्रबाट ज्ञामनाथ गैरे र जगन्नाथ खनाल, एकपा (एकीकृत समाजवादी)बाट केशवलाल श्रेष्ठ, श्रीनाथ बराल र प्रतापलाल श्रेष्ठ छन् । जनता समाजवादी पार्टीले मोर्चाका सदस्यमा गोपाल गुरुङ, निर्मल जिसी र रमेश नेपालीलाई उठाएको छ भने नेकपाबाट राजन सी, दीपा सी र काजी सी सदस्य छन् ।
मोर्चाको बिहीबारको बैठकले प्रदेशका सबै जिल्लामा मोर्चाको जिल्ला संयोजन समिति बनाउने निर्णयसमेत गरेको छ । समितिमा हरेक पार्टीबाट दुई/दुई सदस्यको प्रतिनिधित्व हुनेछ ।
मोर्चाले गण्डकीमा बनायो संयोजक समिति, गायत्री गुरुङ संयोजक
यसैबीच, मोर्चाले शुक्रबार पोखरामा सन्देशसभा गर्दै छ । सभामा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव र नेकपा अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव’ले सम्बोधन गर्ने तय छ ।
मोर्चाले बिहीबार पत्रकार सम्मेलन गरी सभाको तयारी पूरा भएको जनाएको छ । पत्रकार सम्मेलनमा नेकपा (माओवादी केन्द्रं) गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेलले सुशासन, न्याय र समतामूलक समाज निर्माण गर्दै समाजवादको लक्ष्यमा पुग्ने साझा मुद्दा भएका दलहरु मोर्चामा आवद्ध भएको बताए ।
‘मोर्चा सरकारलाई गणित पु¥याउन निर्माण गरिएको होइन; अहिलेको साझा एजेन्डा र भविष्यको साझा लक्ष्य भएका दलहरुको सहकार्य हो । यथासक्य मोर्चामा आवद्ध दलहरुलाई एउटै पार्टी बनाउने हो,’ उनले भने । नेता पौडेलले बरु सरकार छाड्न परे तयार हुने तर समाजवादको लक्ष्यबाट विचलित नहुने जनाए ।
तपाईको प्रतिक्रिया