
लेखनाथ उद्योग वाणिज्य संघको इतिहासमा नै पहिलोपटक पदाधिकारी महिलाको रुपमा निर्वाचित भएर नाम दर्ज गराउँदा आमव्यवसायीहरुको जसरी साथ र सहयोग थियो, अब गण्डकी प्रदेश उद्योग वाणिज्य संघकै इतिहासमा पहिलो महासचिव महिलाको नाम लेखाउने अभियानका साथ १४ औं महाधिवेशनमा महासचिव पदमा उम्मेदवारी दिएकी हुँ ।
संघमा प्रवेश गर्दा एक कार्यकाल कार्यसमिति सदस्य एवं तालिम संयोजक, एक कार्यकाल कोषाध्यक्ष तथा वर्तमान उपमहासचिव समेत रहेर उद्योगी व्यवसायीहरुको चाहना अनुरुप नै काम गरेँ । ‘व्यावसायिक नेतृत्वमा लैंगिक समानता आजको आवश्यकता’लाई आत्मसात गर्दै आर्थिक रुपमा पछि परेका र पारिएका वर्गलाई व्यवसायको माध्यमबाट आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य नै मेरो मुख्य चुनावी एजेन्डा हो ।
होराइजन कटेज एन्ड रेस्टुरेन्टको सञ्चालन, डेभलपमेन्ट स्टडिजमा मास्टर्स तथा एलएलबी गरेको अनुभव र उद्यमशीलता विकासको सहजकर्ता, सामुदायिक मेलमिलापको सहजकर्ता, सामाजिक परिचालक संयोजक लगायत विभिन्न क्षेत्रमा संगालेका अनुभवलाई आम व्यवसायीहरुको हितमा प्रयोग गराउँदै संघको सचिवालयलाई अझ बढी व्यवस्थित गर्दै प्रविधिमैत्री उद्योग वाणिज्य संघ बनाउने अभियानका लागि क्रमागत रुपमा महासचिव पदमा जाने निधो गरेकी छु ।
‘उत्पादनबिना देशको विकास सम्भव हुँदैन’ तसर्थ पनि उद्योग वाणिज्य संघले उत्पादनमुखी कार्यक्रममा पहल गर्नु आजको आवश्यकता हो । यस क्षेत्रको स्थानीय उत्पादन वृद्धि गर्ने कार्यमा तिन तहको सरकार र महासंघमा समन्वय गरी प्रभावकारी मेरा अनुभवलाई उपयोग गर्ने अवसर दिनुभएमा मैले आफूलाई सम्पूर्ण उद्योगी–व्यवसायीको हितमा लगाउने प्रतिबद्धता समेत व्यक्त गर्दछु ।
संघले राष्ट्रिय स्तरमा स्थापित गरेको गर्विलो इतिहासलाई अझ बढी राम्रो प्रभावकारी बनाउन अग्रजले खेलेको योगदानको उच्च कदर गर्दै आगामी दिनमा उहाँहरुसँग सहकार्यको माध्यमबाट अगाडि बढ्ने प्रतिबद्धताका साथ लेखनाथलाई विशेष गरी कृषि र पर्यटन हबका रुपमा विकास गराउने योजनाका साथ अगाडि बढेकी छु ।

भीमपाणि बराल
बराल समाधान दैनिक र समाधानन्युज डटकमका लागि लेखनाथ ब्युरोचिफ हुन् ।







‘संविधानबाहिरको सरकारलाई समर्थन मिल्दैन’
कास्की आइडलको दोस्रो चरणमा ३५ जना
ह्याङ्जाकोटको पर्यटन प्रवर्द्धनमा पैरवी
लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीमा परशुराम
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया