कास्कीमा तीब्र गतिमा साधन चलाउनेलाई कारबाही गर्न माग

पोखरा ।
नेपाल दशनामी समाज कास्कीले तीब्र गतिमा साधन चलाउनेलाई नियन्त्रणमा लिई कारबाही गर्न माग गरेको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय कास्की पुगेर समाजले सडक दुर्घटनाका बारेमा विभिन्न माग राख्दै ध्यानाकर्षण गराएको हो । विशेष गरी जिल्लाका शहरी क्षेत्रमा तीब्र गतिकै कारणले दैनिक जसो भइरहेको दुर्घटनालाई न्यूनीकरण गर्न समाजले ध्यानकर्षण गराएको हो ।

पोखरा आसपासका क्षेत्रहरुमा दैनिक जसो साना ठूला दुर्घटनाले आम जनसमुदायमा मनोवैज्ञानिक त्रास उत्पन्न भएकाले सडकहरुमा ट्राफिक लाइट जडान, यात्रुहरु चढाउन झार्ने निश्चित केन्द्र तोक्न र सडक छेउमा निर्माण सामाग्रीहरु राख्न नपाउने व्यवस्था गर्न समाजले माग गरेको छ ।
समाजले सडक क्षेत्रमा प्रष्ट देखिने छुटिने किसिमका ट्राफिक संकेत तथा बोर्डहरुको व्यवस्था र बिग्रिएका सडकको तत्काल मर्मत सम्भारमा हुनुपर्ने पनि उल्लेख गरेको छ । तीब्र गतिमा गुड्ने सवारी साधनको नियन्त्रण तथा कारबाहीदेखि लेन अनुशासन, ट्राफिक सचेतना, अभिवृद्धि लगायतका विषयलाई प्रभावकारी रुपमा अगाडि बढाइनुपर्ने आवश्यकता महशुस भएको समाजको ठहर छ ।
यस्ताे छ ध्यानाकर्षण पत्र










चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया