‘पोखरा फेवातालैमा’ बोलको तीज गित सार्वजनिक
समाधान संवाददाता
२०८० भदौ १६ गते १७:१२

पोखरा
‘पोखरा फेवातालैमा’ बोलको तीज गीत सार्वजनिक भएको छ। उक्त गीत आज बिहान मात्र बजारमा आएको हो। सन्तोष खत्रीको शब्द र संगीत रहेको उक्त गीत सन्तोषको युटुव च्यानलबाट सार्वजनिक भएको हो ।
गितमा यतिबेला सबैतिर चर्चा भैरहेको छ। गायक सन्तोष खत्रीको स्वर रहेको गितमा सन्तोषसहित सम्युक्ता गौतम, प्रतिक्षा क्षेत्री,विनोद खत्री, दीपेन्द्र अधिकारी, मिलन नेपाली, बिराट त्रिपाठी, हेमराज तिमिल्सिना, दिपेश खत्री र सुबाश राइलाई अभिनयमा देख्न सकिन्छ ।
गितमा पुस्कार सुनुवारको अरेन्ज र मिक्स, गणेश सापकोटाको छायांकन र निर्देशन र नबिन थापामगरको सम्पादन छ।
सम्बन्धित
तपाईको प्रतिक्रिया